Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा स्वास्थ्य संस्थामा गएर प्रसुती हुनेको संख्या घट्यो

नुवाकोटमा स्वास्थ्य संस्थामा गएर प्रसुती हुनेको संख्या घट्यो


नुवाकोटमा स्वास्थ्य संस्थामा गएर प्रसुती हुनेको संख्या घटेको छ ।

परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिसु सम्बन्धि पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७७/७८ मा ४९ प्रतिशत , ७८/७९ मा ४२ प्रतिशत र २०८० को अर्धबार्षिक तथ्यङ अनुसारमा २२ प्रतिशत मात्र रहेको तथ्याङ्कमा रहेको छ ।


नुवाकोटमा साना ठुला गरेर १ शय ९ वटा स्वास्थ्य संस्थाहरु रहेको छ जस मध्य ५५ वटा स्वास्थ्य संस्थाहरुले प्रसुति सेवा दिदै आईरहेका छन् ।
५५ बटा स्वास्थय संस्थाहरुबाट बार्षिक ५ हजार भन्दा बढि शिसुको जन्महुने गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

राष्ट्र्यि स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्र , स्वास्थ्य कार्यालय नुवाकोट र बुद्द हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टरले आयोजना गरेको पत्रकार संग अन्तरक्रिया कार्यक्रममा परिवार नियोजनका साधनहरुमध्ये कुन सबै भन्दा उपयुक्ता, शिशु मृत्युदर कम गर्न के कस्ता उपायहरु अपनाउनु पर्छ , लगाएतको बिषयमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख महेन्द्रध्वज अधिकारीले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सुचना संचार केन्द्रका कृतिका प्रसाई पत्रकार महासंघका नुवाकोट हाखाका उपाध्यक्ष नवदिप श्रेष्ठ,सचिव जगदिश खनाल लगायत अन्य पत्रकारहरुको उपस्थित रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस