विद्यालयलाई भूतपूर्व विद्यार्थीको सहयोग
नुवाकोटको बेलकोटगढी ११ मा रहेको पञ्चकन्या माविलाई आवस्यक शैक्षिक सामाग्री हस्तान्तरण भएको छ ।
भूतपूर्व विद्यार्थी मञ्च लगायत संस्थाले विद्यालयलाई आवस्यक प्रिन्टर, स्टेशनरी, विद्यार्थीका लागि पोशाक लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच भूतपूर्व विद्यार्थी मञ्चका तर्फबाट पुर्व विद्यार्थी एवं बेलकोटगढी ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले विद्यालयका प्रधानाध्यापक अशोक कर्णलाई फोटोकपी मेसिन हस्तान्तरण गरेका छन् । हाल विद्यालयमा शिक्षक समेत रहेका मञ्चका महासचिव ठाकुरजंग पाण्डेको पहलमा विद्यालयलाई प्रिन्टर सहितका सामाग्री प्राप्त भएको विद्यालयले जनाएको छ । कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष राजुमान लामा, सदस्य प्रशान्तजङ पाण्डे ,सुजन रेग्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत तर्फबाट विद्यालयलाई आवश्यक पर्ने स्टेसनरी सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
यसैविच, साथै सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कलेज अफ म्यानेजमेन्ट कुसुम फेष्टिवल २०२३ को तर्फबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक प्रदान गरिएको छ । विद्यालय सहयोग कार्यक्रमका संयोजक इच्छुक पौडेलसहित ,साकार शर्मा र समिन अर्यालमार्फत विद्यालयलाई सरसफाई सामग्री तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष पाण्डेले विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आफ्नो तर्फबाट सहयोग निरन्तर रहने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक कर्णले विद्यालयको शैक्षिक सुधारका लागि आवस्यक सामाग्री उपलब्ध गराएकोमा संघसंस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग निरन्तरताको अपेक्षा ब्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस