Techie IT
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालको ५९ औं वार्षिकोत्सव

त्रिशुली अस्पतालको ५९ औं वार्षिकोत्सव


पछिल्ला वर्षहरुमा उपचार सेवा सुविधा प्रदानका हिसावले उत्कृष्ट देखिँदै आएको नुवाकोट स्थित जिल्ला त्रिशली अस्पतालले उपचार सेवा शुरु गरेको ५८ वर्ष पारगरी ५९ बर्ष प्रवेश गरेको छ ।

जिल्लाको विकासको लागि कोशेढुंगा मानिएको त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा प्राथमिक तथा सामान्य उपचार सेवा र औषधालयको रुपमा २०२१ सालबाट आफ्नो सेवा शुरु गरेको अस्पतालले बिभिन्न समयक्रमसंगै सुधार र परिस्कृत गर्दै आफ्नौ ५९ औं बार्षिकोत्सव मनाएको हो । तत्कालिन् समयमा त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा घाईते श्रमिक तथा मजदुरको उपचारको लागि घुम्ती उपचार सेवा तथा औषधालयको रुपमा संञ्चालित अस्पतालले औपचारिक रुपमा २०३२ सालमा सरकारी दर्जा र मान्यता प्राप्त गरेको थियो । त्यसयता समय समयमा बिभिन्न सुधार र परिस्कृत गर्दै चिकित्सकिय सेवा दिईँदै आएको जिल्ला त्रिशुली अस्पतालले हाल बिभिन्न बिशेषज्ञ सेवा सहित शल्यचिकित्सा सम्मको सेवा जिल्लामै प्रदान गर्दै आएको छ । लगातार तेश्रोपटक बागमती प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा आफुलाई उभ्याउँदै आएको जिल्ला त्रिशली अस्पतालले आज आफ्नो ५९ औं बार्षिकोत्सव प्रदेश स्वास्थ्य मन्त्रीको उपस्थितिमा औपचारिक कार्यक्रम गरी मनाएको हो । साथै ५९ औं बार्षिकोत्सवको क्रममा अस्पतालद्धारा स्मारिका प्रकाशन तथा विमोचनका साथै कार्य सम्पादन र मुल्यांकनका आधारमा गतवर्ष उत्कृष्ट काम गरेका कर्मचारीलाई सम्मान र पुरस्किृत समेत गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस