क्षतिग्रस्त घरको मर्मत सम्भार गर्न गाउँपालिकाको सहयोग
अविरल वर्षाका कारण रुख ढलेर दुई वटा घरमा गम्भीर क्षति पुगेको तारकेश्वर गाउँपालिका वडा नं २ तरुकाका रामहरि अधिकारीको घर तत्काल मर्मत सम्भार गर्न गाउँपालिकाले १० बन्डल जस्ता र ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउने भएको छ । आईतबार बिहान क्षतिग्रस्त घरको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले सहयोगको घोषणा गर्नुभएको हो । घटनाप्रति दुःख प्रकट गर्दै अध्यक्ष अधिकारीले भाग्यवश मानवीय क्षति नभएकोमा भने खुसी व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस