आँखामा संक्रमण भएमा तत्काल बायोमेट्कि नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय नुवाकोटले पछिल्लो समय आँखा पाक्ने रोग फैलिरहेको भन्दै आँखा रातो भएको वा आँखा पाकेकाहरुलाई त्यस्तो अवस्थामा फोटो नखिचाउनका लागि आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक रुपमा नै सूचना प्रकाशित गरेर यस्तो अपिल गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत सुरेश खतिवडाले हस्ताक्षर गर्नुभएको सूचनामा भनिएको छ, ” जिल्लामा हाल आँखा रातो हुने, सुन्निने तथा पाक्ने समस्या सरुवा रोगको रुपमा फैलदै गएको हुँदा उक्त संक्रमण भएका व्यक्तिले आँखा छोएर, टेबल,मेच,कलम तथा कार्यलयका अन्य राहदानी तथा परिचयपत्रका बायोमेट्कि विवरण संकलन उपकरण प्रयोग र्दा अन्य व्यक्तिलाई समेत संक्रमण फैलन सक्ने हुँदा आख संक्रमण भएका व्यक्तिहरुले निको भए पश्चात सेवा लिन आउन हुन अनुरोध छ । साथै आँखा पाक्ने रोगबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनुहुन पनि सबैमा अनुरोध गरिन्छ “.
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस