Techie IT
गृहपृष्ठसमाचारविद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालन

विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालन


नुवाकोटमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याईएको छ । देशभरको मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशन संचालन गर्ने उद्देश्य सहित नेपाल विद्युत प्राधिकरणले विदुर नगरपालिका–४ स्थित बसपार्क र हावाघरमा निर्माण भएका स्टेसन बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

चार्जिङ स्टेसनको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले गर्नुभएको हो । अब इलेक्ट्रिक गाडी प्रयोगकर्ता नुवाकोटवासी लगाएत बाहिरबाट आउनेलाई चार्जिङ स्टेसनले सजिलो हुने प्रमुख श्रेष्ठले बताउनु भयो । सार्वजनिक यातायातका साधनलाई बसपार्कमा र निजी सवारीलाई हावाघरमा चार्जिङको व्यवस्था मिलाइएको छ ।
१ करोड ४० लाख लगानिमा संचालनमा ल्याईएको चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी साधन चार्जीङ गर्ने सुबिधा रहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस