Techie IT
गृहपृष्ठसमाचारइजरायलबाट नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गर्न सरकारसँग माग

इजरायलबाट नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गर्न सरकारसँग माग


नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गरी ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा ज्यान गुमाएकाप्रति सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घाइतेको उपचार लगायत नेपाल फर्कन चाहनेलाई पहलकदमी गर्न सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सिंहदरबारमा बैठकपछि सञ्चारकर्मीसँग छलफल गर्नुहुँदै उहाँले भन्नुभयो, “घाइते उपचारलगायत नेपाल फर्कन चाहने, ती शवलाई व्यवस्थित गरेर ल्याउने लगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्न माग गर्ने निर्णय भएको छ ।”

यससँगै बैठकमा विद्यालय शिक्षा ऐन सम्बन्धमा छलफल भएको उहाँको भनाइ छ । यस विषयमा गठबन्धन दलसँग कुराकानी गरेर संशोधनको विषय राखिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन दलसँग कुराकानी गरेर संशोधन राख्नुपर्छ, एउटा विषयवस्तु यो भएको छ भने समय अभावका कारणले कयौँ विषयवस्तु छुट्न सक्छन् । संशोधन आ–आफ्नो ठाउँमा राख्ने । यो विधेयक समितिमा ल्याएर व्यापक छलफल गर्नुपर्ने हुन्छ ।”

Source:- Gorkhapatraonline


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस