श्रीकृष्णको छब्बिसौं साधारणसभा सम्पन्न
नुवाकोटको विदुर–४ मा रहेको श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको शनिवार एक कार्यक्रमका बिच वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले उद्घाटन गरेका हुन् ।
साधारणसभाले अध्यक्ष बच्चुमाया सुनारी, कोषाध्यक्ष गजेन्द्र खड्का र लेखा समिति संयोजक राजेन्द्र तिवारीले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिबेदन, निती तथा कार्यक्रम, प्रस्तावित बजेट र लेखा समिति प्रतिबेदन पारित गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार ४ सय ७२ जना सेयर सदस्य रहेको र २ करोड ५९ लाख ९६ हजार सेयर पँुजी रहेको अध्यक्ष सुनारीको प्रतिबेदनमा जनाईएको छ । यस्तै, सहकारीले गत आर्थिक बर्षमा ११ करोड ३८ लाख रुपैयाँ बचत संकलन र ९ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष खड्काको प्रतिबेदनमा उल्लेख छ । संस्थाले १ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको र १८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिबेदनमा उल्लेख छ । सहकारीले साधारणसभाको अवसरमा विभिन्न शिर्षकमा आफ्ना सदस्यहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुने सदस्यहरुमा मधुसुदन घिमिरे, अम्विका नेपाल, तेजमाया अधिकारी, हरिप्रसाद अधिकारी, सिता तामाङ, नुरप्रसाद रिमाल, पार्वती रिजाल रहेका छन् ।
साधारणसभा उद्घाटन कार्यक्रममा वडाध्यक्ष ढुंगेल, क्रियटिभ सहकारीका सञ्चालक नरेन्द्र प्रधान, सहकारीका सल्लाहकार रामहरि रिमाल, पुर्वअध्यक्ष विष्णुप्रसाद नेपाल, हरिप्रसाद घिमिरे, नवराज अधिकारी, मधुसुदन घिमिरे, केशबप्रसाद रिमाल लगायतले मन्तब्य राखेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस