आजदेखि प्रथम नुवाकोट खेलकुद तथा बृहत सांस्कृतिक महोत्सव सुरु
ढिकुरेस्थित पहरेघाट बगरमा आयोजना गर्न लागेको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत सांस्कृतिक महोत्सव ’ को सम्पूर्ण तयारी पूरा गरी आज बिहिबार देखि सुरु हुँदै छ । यो महोत्सव पौष 10 गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
नुवाकोटको शान धर्मिक एतिहासिक कला सस्कृतिको सम्बर्द्वन संगै खेल र खेलाडीलाई उच्च सम्मान गर्ने युवा अभियान ” नारा सहित अभियानको प्रवर्द्धनसँगै लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ को सिमाना पहरेघाट बगरमा हुने महोत्सव आजदेखि आयोजना गरिएको बताइएको छ ।
यस जिल्लामा रहेका साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य छ । महोत्सवको माध्यमबाट जिल्लाको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र व्यापक प्रचारप्रसार गरिने महोत्सव संयोजक अशोककुमार थापाले बताउनुभयो ।
महोत्सवले नुवाकोटको खेल जगतलाई जनमानससम्म प्रचारप्रसार र संरक्षण, धर्म, संस्कृति, सीप, कला कौशलको प्रबद्र्धन र प्रचारप्रसार, खेलकुद तथा संस्कृति पर्यटन प्रवर्द्धनमा जोड, आर्थिक व्यापार प्रवर्द्धन, कृषिउपज उत्पादनको प्रवर्द्धन, प्रदर्शन र प्रचारप्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान लक्ष्य लिएको छ । यस्तै, वैदेशिक रोजगारमा पलायन भएका युवावर्गलाई खेलकुदप्रति आर्कषित गराई स्वदेशमै बस्ने वातावरण निर्माण, नुवाकोट जिल्लालाई खेलकुद हब बनाउन पहल र प्राकृतिक ऐतिहासिक सम्पदाको प्रचारप्रसार र संरक्षण गर्ने लक्ष्य महोत्सवको रहेको छ ।
महोत्सवमा साधारण टिकट शुल्क एक सय र बिद्यार्थी लाई ५०/ प्रतिशात छुट तथा अपाङ्ग असाहाय र जेष्ठ नागरिकलाइ निसुल्क प्रवेश रहेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस