Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको ऐतिहासिक नगरि चिम्टेश्वरमा महाशिवरात्री केन्द्रित मूर्तिनिर्माणको कार्यशाला शुरू

नुवाकोटको ऐतिहासिक नगरि चिम्टेश्वरमा महाशिवरात्री केन्द्रित मूर्तिनिर्माणको कार्यशाला शुरू


नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा २ मा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चिम्टेश्वरमा महाशिवरात्री केन्द्रित मुर्तिकारहरूद्वारा मूर्ति निर्माणको शुरूवात भएको छ ।

चिम्टेश्वर विकास समितिको आयोजनामा दश दिनसम्म चल्ने उक्त मूर्तिकला कार्यशालामा विभिन्न क्षेत्रका १० जना मूर्तिकारहरूको सहभागीता रहेको छ । महाशिवरात्री पर्वको तयारी स्वरुप चिम्टेश्वर विकास समितिको आयोजनामा दशजना मूर्तिकार तथा सोही टिमकाे सहकर्मीहरूसहित २० जानाको टिमले विगत तीन दिनदेखी तयारी गरि रहेको र दश दिनसम्म कार्यशाला सञ्चालन हुने बेल्कोटगढी नगरपालिका वडा -२ का वडा अध्यक्ष रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले, चिम्टेश्वर क्षेत्रमा धार्मिक तथा पर्यटकीय अपार सम्भावना हुँदाहुँदै पनि सडकको पहुँच अफ्ट्यारो, खानेपानी, शौचालय, बिजुली जस्ता आधारभूत आवश्यकताले गर्दा केही पुर्वाधार निर्माण हुँदा पनि व्यवस्थित हुन नसकेको अवस्थामा सानो प्रयासले खानेपानी, शौचालय, बिजुलीको व्यवस्था गरिएको बताउनुभयो तिमल्सिनाले बताउनुभयो । उहाँले, मूर्तिकला तथा गीत संगितको माध्यमबाट उक्त क्षेत्रको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने तयारी रहेको बताउनुभयो ।

अन्तराष्ट्रियस्तरबाट समेत मुर्तिकारको उपस्थिति रहेको उक्त कार्यशालामा चिम्टेश्वर विकास समितिले भौतिक सहकार्यमा शून्य रकमबाट काम थालनी गरिएको उहाँले वडाअध्यक्ष तिमल्सिनाले बताउनुभयो । उक्त कार्यशालामा विदुर नगरपालिकाले आफ्नो चिनो स्वरुप त्रिशूली नदिबाट दुईवटा ढुङ्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । उक्त पर्यटकिय क्षेत्रको विकास निर्माण तथा प्रचार प्रसारमा अवश्यकता अनुसार अझै केही सहयोग उपलब्ध गराउने विदुरनगरपालिका मेयर राजन लाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले समितिका टिम लगायत केहि स्थानीयहरुबाट सहयोग आउने क्रम जारीरहेको जानकारी दिनुभयो । स्थानीय स्तरबाट श्रमदान तथा सहयोगको अपेक्षा गरिएको वडाअध्यक्ष तिमल्सिनाले बताउनुभयो । छोटो समयमा नै कार्यक्रमको थालनी गरिएकोले स्थानीय तथा सरोकारवालाहरु सँग थप परामर्श गर्न नसकेको वडाअध्यक्ष रामचन्द्र तिमल्सिनाले बताउनभयो । आउदो शनिवार ललितकला क्याम्पसका प्राध्यापकहरु तथा वरिष्ठ मूर्तिकारको उपस्थितिमा अन्तरक्रिया कार्यक्रममा रहेको उहाँले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस