यो वर्ष नुवाकोटबाट तीन हजार ९ सय २२ जना परिक्षार्थीले एसइई परिक्षा दिने
![](https://www.onlinenuwakot.com/wp-content/uploads/2024/03/shikcha-office-nuwakot.jpg)
माध्यमिक शिक्षा परीक्षा (एस ई इ) मा नुवाकोट बाट झण्डै ४ हजार जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जानकारी दिएको छ ।
आगामी चैत्र १५ गतेदेखि शुरु हुनेपरिक्षाको लागि नुवाकोटमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले बिहिवार सुचना सार्वजनिक गर्दै जिल्लामा २३ ओटा परिक्षा केन्द्र निर्धाण गरेको हो ।
समुदायिक विद्यालयतर्फ सबैभन्दा बढी पृथ्वी माविबाट ७६ जना परिक्षार्थीले परिक्षा दिनेछन् भने निजितर्फ अर्किड एकेडेमीबाट ७९ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्राविधिक सहायक तथा सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।
थपलियाका अनुसार यो वर्ष नुवाकोटबाट तीन हजार ९ सय २२ जना परिक्षार्थीले परिक्षा दिनेछन् । परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ र ग्रेड वृद्धितर्फ ७८ जना विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्ष नियुक्ती तथा सुरक्षा निकाय लगायतका लागि अभिमुखीकरण कार्यक्रम पनि तय गरिसकेको थपलियाको भनाई छ ।
यस वर्षको एसइईमा कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एसइई, #परिक्षार्थी
प्रतिक्रिया दिनुहोस