Techie IT
गृहपृष्ठसमाचारककनीको शैक्षिक सुधारको लागी क्षमता विकास कार्यक्रम

ककनीको शैक्षिक सुधारको लागी क्षमता विकास कार्यक्रम

शैक्षिक सुधारको लागी क्षमता विकास कार्यक्रम


नुवाकोटको ककनी गाउँपालिकाले बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागी कार्यक्रम आयोजना गरेको छ ।


पालिकाले पालिका भित्रका बिद्यालयहरुको शैक्षिक सुधारका लागी बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्राध्यापक डाक्टर बिद्यानिधि कोइरालाले सामुदायिक बिद्यालयमा हुने समस्या र समस्या समाधानका विषयहरुको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरि विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष भाग्यश्री लामाले सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति र शिक्षक अविभावक समितिले गर्नुपर्ने काम आफ्नो भुमिका र सामुदायिक विद्यालयको शैक्षिकलगायत समग्रक्षेत्रलाई कसरी सुधार्न सकिन्छ भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो ।


२ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गराउन शिक्षक, अभिभावक र सरोकारवाला पक्ष सबैले आआफ्नो भुमिका इमान्दारीताका साथ निभाउनुपर्ने बताउनु भयो । साथै अध्यक्ष तामाङले ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गर्नुभएकोे थियो ।


कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष मिठुमाया लामा, विभिन्न वडाका अध्यक्षसहित अन्य जनप्रतिनिधि, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पधाधिकारीहरु, शिक्षक अभिभावक संघका पधाधिकारीहरु लगायतको सहभागीता रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस