मिस ट्यालेन्ट 2024 काे पहिलाे अडिसन नुवाकोटमा १५ गते हुने
मिस ट्यालेन्ट २०२४ को आवेदन फारम खुलेसँगै अडिशनको ठाउँहरु तोकिएको छ ।
नम्रता ट्रस्ट नेपालको आयोजना र मन खुसी फाउन्डेसन बागमती प्रदेशको समन्वयमा रहेको इभेन्टमा सहभागी रहन इच्छुक क्यान्डिडेटहरुले फारम भर्न सक्ने छन् । नुवाकोट रसुवा धादिङ लगायतका भेगलाई पाएक पर्ने गरि होटल स्वायर बट्टार दम्की नुवाकोटमा यही बैशाख १५ गते अडिशन गर्ने भएको छ भने बाँकीलाई काठमाडौमा २३ गते गर्ने गरि मिति तय गरेको आयोजकले जानकारी गराएको छ । । सहभागी रहन केही सिमित नियमहरु समेत आयोजक टिमले सार्वजनिक गरेको छ ।
मिस ट्यालेन्टमा भाग लिनको लागि १७ वर्ष देखि ३० वर्षसम्मका अविवाहित मात्र सहभागी रहन पाउने छन् ।
सहभागी प्रतियोगीहरुमा सामाजिक परिचय, क्षमता अभिवृद्धि, सक्षमता , आत्मविश्वस, विभिन्न अन्तर्राष्ट्रिय स्तरमा सहभागी लगायतका थुप्रै उदेश्यहरु राखेर कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
फारम भर्न छुटेकाहरुलाई नुवाकोट अडिशनको लागि १४ गतेसम्म र काठमाडौ अडिशनका लागि २२ गतेसम्म पनि भर्न सकिने गरि खुल्ला गरिएको छ । फारम भरेर सहभागी शुभेच्छुक प्रतियोगिहरुमा अडिसन गराई छनौटमा परेकाहरुलाई एक महिना ट्रेनिङ प्रदान गरेर अब्बल व्यक्तित्वका रुपमा क्षमता विकास गराउने, भोटिङ साथै ट्यालेन्टको आधारमा अगाडि बढ्ने गरि कार्यक्रमको ढाँचा रहेको आयोजक समितिका संयोजक निम्रत तामाङले जानकारी गराउदै सम्पुर्णमा सहभागीताको लागि आह्वान समेत गरेका छन् ।
क्याटेगोरी : बिबिध, मनोरञ्जन, समाचार, समाज
प्रतिक्रिया दिनुहोस