यातायात संञ्चालन भएको झण्डै चारदशक पछि सडक कालोपत्रे
नुवाकोटमा स्थानीयको सक्रियतामा ट्याक खोलिएका एक ग्रामिण मोटरबाटोमा यातायात संञ्चालन भएको झण्डै चारदशक पछि सडक कालोपत्रे गर्नेकार्य शुरुभएको छ ।
नुवाकोटको हाल सुर्यगढी गाउँपालिकाको साविका खानीगाउँ, हल्दे र बागेश्वरीका हजारौं स्थानीयवासीद्धारा घरेलु औजार तथा कुटो, कोदालो, हसियाँ, पीग र सावेलको प्रयोगगरी २०४२ सालमा जनश्रमदानमा खनिएको नुवाकोट – बागेश्वेरी ग्रामिण मोटरबाटोमा यातायात संञ्चालन भएको ४० बर्षपछि सडक चौंडा तथा स्तरोन्नती सहित कालोपत्रे गर्नेकार्यको थालनी भएको हो ।
जिल्लाको उत्तरपुर्वि भेगलाई सदरमुकाम विदुरसंग जोड्ने लक्ष्यसहित हाल जिल्ला पुर्वाधार कार्यालय नुवाकोटको संयोजनमा निर्माण भैरहेको हाल नुवाकोट – उर्लेनी – मालाभञ्ज्याड० सडक अन्तर्गत पर्ने उक्त नुवाकोट – बोगश्वरी खण्डको राउलस्वाँरा, फलाँटे, हल्दे तथा चोगदेका १२ किलोमिटर क्षेत्रमा अहिले धमाधम सडक कालोपत्रे गर्नेकार्य शुरु भईरहेको छ ।
बागमती प्रदेश सरकारको २० करोड १७ लाख लागतमा निर्माण भैरहेको उक्त नुवाकोट – बोगेश्वरी सडक रायमाझी, पिएम र कान्तिपथ जेभिद्धारा निर्माण कार्य भैरहेको हो । निर्माण कम्पनिका अनुसार यसैवर्षको जेष्ठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण भैरहेको उक्त सडकको हाल ८५ प्रतिशत निर्माणकार्य पुरा भएको निर्माण कम्पनिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सडक कालोपत्रे
प्रतिक्रिया दिनुहोस