Techie IT
गृहपृष्ठसमाचारवागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौंडाको डेंगु ज्वरो सम्बन्धी जानकारी

वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौंडाको डेंगु ज्वरो सम्बन्धी जानकारी


डेंगु ज्वरो सम्बन्धी जानकारी
डेंगु ज्वरो Aedesaegypti  एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो अलि ठूलो आकारको र छिर्केमिर्के रंगको हुने गर्दछ । यो लामखुट्टे शहरी तथा शहर उन्मुख ठाँउहरुमा बढी पाइने गर्दछ ।
डेंगुज्वरो अतितीव्र खाले विषाणुजन्य रोग हो । यसका लक्षणहरुमा एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडा दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबरहरु आउने गर्दछन् । केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्तो डाबरहरु देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रक्तस्रावहुने र छालामुनि रक्त स्रावहुने हुन्छ । तर डेंगु हेमोरेजिक फिभर संलग्न नभएका खण्डमा मृत्युदर ज्यादै न्यून हुन्छ ।
यस्ता बिरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नु पर्दछ । यो रोगका बिरामीहरु सामान्यतया वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेको छ ।
बच्ने उपायहरु ः
यो रोगवाट बच्नकालागि समूदायको महत्वपूर्ण भूमिका हुन्छ जस्तै ः
ड्ड डेंगु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले यसको टोकाइबाट बच्नपुरा शरीर ढाकिने कपडा लगाउने साथै शरीरका देखिने भागमा लामखुट्टेले नटोक्ने मलम जस्तै ओठडोमोस लगाउने ।
ड्ड डेंगु सार्नेएडिज् इजिप्टी लामखुट्टेमानिसको वस्ति वरिपरि प्राकृतिक वा कृतिम रुपले जमेको पानीमाजस्तै टायर (मर्मत गर्न राखेकावाफ्याकेका),बाटा, बाल्टीन, फूल राख्ने गमला, खाल्डाखुल्डी, एयर कन्डीसनर, लोटा, कतारो, खुल्ला बोतलहरु, थोरैभन्दा थोरै पानी जम्ने बिक्रो जस्ता भाडाहरु, पानीजम्मा भएको खुल्ला ट्ंयाङ्कीमा जम्मा भएको पानीमा फूलपारी वृद्धि विकास हुने भएकोले नियमित लामखु«ट्टेको वासस्थान खोज तथा लार्भा नष्र्ट गर्ने कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ ।
ड्ड ड्ड घर विद्यालयको अध्याँरा कुना काप्चा, जस्तैः पर्दा पछाडि, खाटमुनी, शौचालय भित्र, डेस्क बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गर्नुपर्छ ।
ड्ड थोरै पानी जम्ने ठाँउहरुमा पनि पानी जम्न नदिइ समय समयमा सफा गर्नु पदर्छ ।
ड्ड दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्छ र रोगको प्रकोप भएको वेला सम्वन्धित विषय विज्ञहरुको सल्लाह बमोजिम लामखुट्टे विरुद्ध किटनाशक विषादी छिड्काउँ कार्यक्रम संचालन गर्नुपर्छ ।
ड्ड डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नु पर्दछ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरेमा निको हुन्छ ।

नोटः चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि सेवन नगर्ने

वागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
हेटौंडा, मकवानपुर


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस