Techie IT
गृहपृष्ठसमाचारधान दिवसको अवसरमा लिखु ४ का कृषक अगस्ती सम्मानित

धान दिवसको अवसरमा लिखु ४ का कृषक अगस्ती सम्मानित


धान दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले कृषकलाइ सम्मान गरेको छ ।


कृषि प्रणाली लाई आधुनिकिकरण गरि नेपाल लाई आत्मनिर्भर बनाउने उदेश्यका साथ आफ्नै प्रयासमा विभिन्न कृषि औजारहरू निर्माण गर्दै आएका  कृषक राम चन्द्र अगस्ती जलाई राष्ट्रिय प्रजातान्त्रिक किसान  संगठन नुवाकोट क्षेत्र नं-१ ले सम्मान गरेको हो ।असार १५ तथा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा  राप्रपा पार्टी निर्देशन समितिका अध्यक्ष तथा पुर्ब कृषि मन्त्री डा. प्रकाश चन्द्र लोहनी अगस्तिलाइ  सम्मान गरेका हुन ।

अगस्तीले कृषि पेशा लाई आधुनिकरण गराउने तथा कृषि बाटनै आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश दिदै आफ्नै प्रयासमा विभिन्न कृषि औजारहरू निर्माण गर्दै आएका छन ।


कार्यक्रममा किसान संगठनका केन्द्रीय सदस्य अर्जुन थपलियाको विशेष पहलमा र क्षेत्रीय अध्यक्ष मदन पंडितको अध्यक्षतामा बिबिध असारे भाकाका घाँसे गितका कार्यक्रम समेत भएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #कृषक सम्मानित

प्रतिक्रिया दिनुहोस