प्रकृतिलाई नियाल्न र रमाउन चाहानेहरुका लागी उत्कृष्ट गन्तब्य बन्दै छहरे झरना (लौके)
![](https://www.onlinenuwakot.com/wp-content/uploads/2024/08/455733244_3738033103129303_3092399109534165589_n.jpg)
ताल, तलैया र झरना प्रकृर्तिका वरदान तथा अनुपन सिर्जना हुन् ।
समय क्रमसंगै भईरहेको भौतिक विकास र परिवत्र्तनले मानिसलाई आधुनिक र परिस्कृत जीवन शैलीमा अभ्यस्त बनाएपनि प्रकृर्तिका त्यस्ता वरदान र सिर्जनाका अगाडी मान्छेहरु नतमस्तक हुन्छन् । नुवाकोटको शिवपुरी गाउपालिका र ककनी गाउपालिकाको सिमानामा रहेको छहरे –लौके ) झरना अहिले त्यसैको प्रतिबिम्व बनेको छ । छहरे झरना अहिले प्रकृर्तिलाई नियाल्न र खेल्न चाहनेहरुका लागि रमाईलो गन्तव्य बनेको छ ।
झण्डै १०० मिटर माथिको छाँगाबाट खसेको झरना सेतो हिमनदी झैं ढुंगालाई चिर्दै छंगछगाउँदै बगेको झरना आकर्षण बनेको छ । झरना अवलोकनका लागि आउनेहरु अहिले हाईंकिग गदै झरना नजिक पुग्ने, फोटो खिच्ने र पौडिदैँ प्रकृर्तिसंग रमाउने गरेका छन् । एकपटक छहरे झरना पुगेकाहरु समेत जीन्दगीको भागदौडबाट बिश्राम लिएर स(परिवार छहरे झरना पुग्ने गरेकाछन् ।
काठमाण्डौं गोंगबु बसपार्कबाट टोखा थानाभञ्ज्याङ हँदै करिव २५ किलोमिटर दुरी पारगरी सजिलै पुग्न सकिने उक्त झरना प्रकृतिसंग रम्न चाहने सवै उमेर समुहका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्तरिक पर्यटकका रुपमा छहरे लौके झरना हेर्न दैनिक सयौंको संख्यामा सर्वसाधारणको घुईँचो लाग्ने गरेको छ । यसको विकास र संरक्षणको लागि सरोकारवालाहरु जुट्नेपर्ने झरना अवलोक कर्ताहरुको भनाई छ ।
छहरे खोला को शिर )उत्गम) स्थलमा भएको कारण यो झरनाको नाम छहरे झरना रहन गएको हो। यहि झरनाको नामबाट छहरे बजार रहन गएको हो। जुन लिखु गा पा वार्ड नम्बर ६ को एक ब्यापारिक केन्द्र पनि हो। शिवपुरी ८ र ककनी ५ को सिमाना मा रहेको झरना बर्षात्को शुरुआतसंगै बिभिन्न मुलहरु मिसिएर झर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस