Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको कुभिन्डो काठमाण्डौको दरबारमाग मा किन्नेको भिड

नुवाकोटको कुभिन्डो काठमाण्डौको दरबारमाग मा किन्नेको भिड


काठमाडौं ।

कोरियाबाट फर्केर आफ्नै जन्मथलोमा कृषिकर्ममा रमाउँदै आएका नुवाकोट चौघडाका रामचन्द्र अगस्थीले उत्पादन गरेको कुभिण्डोमा शनिबार राजधानीको दरमार्गमा भएको रैनाथे कृषि मेलामा उपभोक्ताहरुको भीड लागेको थियो हरेक शनिबार दरबारमार्गस्थित ओरेन्ट क्याफेमा बिहान सञ्चालन हुने रैनाथे कृषि मेलामा उनले नुवाकोटबाट बिक्री तथा प्रर्वद्धनका लागि २० ओटा कुभिण्डो ल्याएका थिए ।

भदौं ८ गते आयोजित (आज बिहान) उक्त मेलामा उनले राखेको कुभिण्डोप्रति धेरैको आँखा लागेको देखिन्थ्यो । राजधानीमा कमैमात्रै बिक्रीका लागि पाइने कुभिण्डो उनले राखेको २ घण्टामा नै बिक्री भएको थियो । प्रतिकिलो १ सय रुपयाँमा २० ओटा कुभिण्डो बेचेको उनले बताए २० ओटा कुभिण्डो झण्डै सय किलो भएको र आफूले बिहान २ घण्टामा १० हजार मुल्य बराबरको कुभिण्डो बेचेको रामचन्द्रले बताए । उनले कुभिण्डो खाँदा हुने फाइदाका विषयमा ब्रोसर नै तयार रहेर उपभोक्ताहरुलाई देखाउँदै आफ्नो उत्पादन गरिरहेका थिए ।

कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो समय यसको जुस पनि सेवन गर्न थालिएको छ । कुभिण्डोको जुसको सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।

आयुर्वेदमा औषधिको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । शरीरलाई शुद्धीकरण गर्नेदेखि यसका अनेक फाइदा छन् । कुभिण्डोको तरकारी र जुस दुवै स्वास्थ्यका लागि फाइदाजनक छ । यसको फाइदा लिन यसलाई कसरी र कुन समयमा खाने भन्नेबारे जान्न आवश्यक छ ।

सामान्य रुपमा रोपेर छाडेपछि उत्पादन हुने कुभिण्डोबाट उनले गरेको आम्दानी निकै राम्रो रहेको र गर्न जान्ने र सक्नेलाई कृषिकर्मबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ । २०१७ मा ३ वर्ष कोरिया बसेर फर्केका रामचन्द्रले सिजन अनुसारको खेती गर्दै आएका छन् । उनले खेतीबाट नै वार्षिक रुपमा ३ देखि ५ लाख सम्म कमाउने गरेको बताए ।

उनले बिक्रीका लागि राखेको स्टलमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि अबलोकन गरेका थिए । मुख्यमन्त्री लामाले सो अवसरमा आफू यस्ता रैनाथे कृषि उत्पादनको संरक्षणमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

उक्त मेला काठमाडौं, नुवाकोट, काभ्रे,धादिड. लगायतका जिल्लाहरुमाट उत्पादित रुेनाथे कृषि सम्बन्धि उत्पादनहरु प्रर्दशन तथा बिक्री हुँदै आएको छ । मेलामा विभिन्न प्रकारका कृषि उत्पादनहरु बिक्रीका लागि राख्ने गरिएको छ । मेलामा राजधानीका सम्भ्रान्त परिवारहरु समेत अग्रानिक उत्पादन भन्दै किन्न पुग्ने गरेका छन् ।

ओरैन्ट क्याफेको संयोजनमा नै रहेक शनिबार उक्त रैनाथे कृषि मेला आयोजना गरिएको क्याफेका सञ्चालक उद्धव ढकालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । मेलामा ३० देखि ४० वटा स्टल रहेने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कृषक

प्रतिक्रिया दिनुहोस