नवनिर्मित प्रहरी चौकी देउरालीको भवन उद्घाटन (भिडियो रिपोर्ट)
नुवाकोटको म्यागङ गाँउपालिका–३ देउरालीमा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ ।
एक करोड ४० लाख लागतमा निर्माण भएको नवनिर्मित प्रहरी चौकी देउरालीको भवन बागमती प्रदेशका मुख्यमन्त्रि बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नु भएको हो ।
बाग्मति प्रदेशका मुख्यमन्त्रि बहादुर सिंह लामा तामाङले प्रहरी चौकीको नविर्निमत भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्रि लामाले प्रहरीले प्राप्त गरेको नयाँ भवनसँगै सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्रि लामाले समुदायमा हुने अपराधजन्य तथा दुर्घटनाका घटनाहरुलाई न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न निदर्शेन समेत दिए ।
यस्तै कार्यक्रममा बागमत प्रदेश हेटौडाका प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा ले स्थानियहरुको आपसी सहकार्य र समन्वयका साथ अपराध न्यूनिकरण विपद उद्दार तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
प्रहरी चौकी उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, उपाध्यक्ष सीता तामाङ लगायतको उपस्थिति रहेको थियो ।
। सशस्त्र द्वन्द्वको कारण विसं.२०५४ मा क्षति पुगेको प्रहरी भवनको २७ वर्षपछि पुर्ननिर्माण गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी चौकी उद्घाटन
प्रतिक्रिया दिनुहोस