Techie IT
गृहपृष्ठसमाचारएस.इ.इ परिक्षा चैत ७ देखि १९ गतेसम्म

एस.इ.इ परिक्षा चैत ७ देखि १९ गतेसम्म


माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) २०८१ संचालन गर्नलाई नुवाकोटमा २१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

यसवर्ष जिल्लाको एक सय ५६ विद्यालयबाट चार हजार ६ सय १३ विद्यार्थी एस.इ.इ. परीक्षामा सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको अनुसार म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका बाहेक अन्य नौँ वटा स्थानीय तहमा परीक्षा केन्द्र कायम गरिएको छ । जस मध्ये विदुर नगरपालिकामा ९, बेलकोटगढी नगरपालिकामा ३, ककनी गाउँपालिका र तादी गाउँपालिकामा समान २, पञ्चन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकामा एकएक परीक्षा केन्द्र कायम गरिएको छ ।

कायम गरिएको २१ मध्ये दुप्चेश्वर गाउँपालिकामा रहेको रुक्मणी माध्यमिक विद्यालय समुन्द्रटार परीक्षा कन्द्रबाट सबैभन्दा बढी परीक्षार्थीले परीक्षा दिनेछन् । त्यस परीक्षाकेन्द्रमा १२ वटा विद्यालयको तीन सय ४१ परीक्षार्थी सहभागी हुनेछन् । त्यस्तै बेलकोटगढी नगरपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालय बेलकोट परीक्षा केन्द्रमा सबैभन्दा कम परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । त्यस परीक्षा केन्द्रमा पाँच विद्यालयबाट एक सय ३७ परीक्षार्थी सहभागी हुने छन् ।

पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिने २०७८ र २०७९ का ग्रेड वृद्धि समूहका सबै परीक्षार्थीहरूको परीक्षा केन्द्र त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय त्रिशुली तोकिएको छ । त्यस्तै २०८० को ग्रेड वृद्धि समूहका परीक्षार्थीहरुको परीक्षा केन्द्र नियमित समूहको केन्द्र रहेको परीक्षा केन्द्रमा नै कायम गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार यस वर्षको एसइइ परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस