बिकास र सम्बृद्धिमा स्थानिय निकाय को भुमिका
शिवराम ढकाल
लिखु २ नुवाकोट
कर्मचारीः राष्ट्र्यि बाणिज्य बैंक
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वको अर्थतन्त्रलाई निकै असर पारेको छ । अझै असर कति हुन्छ भनेर ठ्म्याउन गारो हुने अबस्था छ । यसले नेपालको अर्थतन्त्रलाई पनि ठूलो धक्का दिने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न देशहरु र नेपालले पनि आम नागरिकका लागि राहत र उद्योगी व्यवसायीहरुका लागि विशेष प्याकेज पनि घोषणा गरेका छन् र नेपाल मा बजेट को तयारी भइरहेको ले बजेट मार्फत समस्या मा परिरहेका र अझै पर्ने सक्ने बर्ग को लागि राहात प्याकेज आउने आसा गरियेको छ । अझै पनि नेपालको अर्थतन्त्र र उद्योग व्यवसायलाई नकारात्मक प्रभाव तथा असर कम गर्नका लागि सबैको समन्वयात्मक भूमिका र सहकार्य आवश्यक छ अझै भन्नु पर्दा स्थानिय निकाय को अहम भुमिका रहने कुरा को दुई मत रहदैन ।
कृषि क्षेत्रको विकास र विस्तार गरी औधोगिकिकरण गर्दै अर्थतन्त्रलाई नबजीवन दिने र उत्पादनमुखी बनाउने अवसर अहिले हामीसामु आएको छ । विवेकपूर्वक कदम चाल्न सक्यौं भने कोरोना महामारीको यो कठिन समय समृद्धि यात्रा सुरु गर्ने अभूतपूर्व अवसर बन्न सक्छ । तसर्थ सम्पूर्ण स्थानिय निकाय ले जनसमुदाय लाई समन्वय गर्दै तल का कुरा हरु मनन गर्दै आगामी बजेट मा बजेट बिनियोजित गर्दै सुसजित उत्पादन मुखी समाज निर्माण गर्नु आज को आवस्यक्ता हो ।
१.
सर्वप्रथम स्थानीय तहले हरेक परिवारको आर्थिक अबस्था कस्तो र हाल सो परिवार कसरी चल्दै थियो, परिवार मा कोहि बिदेश गयेको छ छैन, हाल के छ ? र परिवारमा रोजगारी को अबस्था कस्तो छ भन्ने कुरा हरेक तह बाट डाटा लिने र हिजो कसरी र कस्तो अबस्था मा ऊस्को परिवार चल्दै थियो, आम्दानी को स्रोत के के छन, सोहि परिवार सङ संभावना के के छ भन्ने कुरा स्थानीय तहले जनकारी लिने, पहिचान गर्ने ।
२.
.बेरोजगारी युबाको शैक्षिक योग्यता र उस्को केही सीप छ कि छैन बुज्ने, तथा बिदेश बाट आयको र आउने हो भने गाउँ पालिका को हेल्प डेस्क जुन बसपार्कमा हुन्छ को माध्यम बाट फर्म फिल अप गरि ऊसले कृषि क्षेत्रको अथवा अरु कुन( कुन बिधामा राम्रो गर्न सक्छ भन्ने कुरा जानकारी लिग्ने , र त्यसलाई ऊपयोगी बनाइ आफ्नो गाउपालिका र नगरपालिकामा कसरी उत्पादनशिल बनाउने भने कुरा स्थानीय तहले विभिन्न अनुभवीहरु तथा सरोकारवाला निकाय सङ छल्फल गर्नुपर्छ र निर्णयमा पुग्नु पर्छ ।
३.
.नेपालको भौगोलीक अबस्था र बनावट फरक फरक रहेको हुनाले हिमाल,पहाड,तराई अनुसारको माटो र त्यहाको हावापानी अनुसार माटोको पहिचान हुनु तेही अनुसारको बिऊ मल को पहिचान, कसरी ऊत्पादन लाई बढाउन सकिन्छ तथा माटो पहिचान सहीतको बाली लगाऊनको लागि स्थानीय तहले पहल गर्दै आवस्य्क बीउ मल खाद को रिअडर लेवल मेन्टेन गर्दै, बजार बेबस्थापन गर्दै किसान को उत्पादन को उचित दर भाउ मा स्थानिय निकाय ले नै खरिद गरि बजार सम्म सप्लाई गरिदिने !
४.
स्थानीय तहमा बृद बुढा, अपङ, यकल महिला लाई सरकारले भत्ता दिय जस्तै ऊत्पादनको आधारमा विशेष भत्ता दिने उत्कृष्ट पुरस्कार दिने जस्ता बेवस्था सरकारी र स्थानिय तहमा हुन आबस्यक छ।
५.
घर बनाउन को लागि पुग्ने जग्गा देखि माथी को जग्गा बाझो राख्न नपाउने । कि जग्गा धनी आफैले उब्जनी गर्नु पर्ने कि अरु लाई उब्जनी गर्न लिज मा दिनै पर्ने तेस्को ब्यवस्थापन रेट स्थानिय सरकार ले गर्नु पर्ने ।
६.
प्लटिङ लाई वडा को श्रोत र उत्पादन सङ जोडेर मात्र अनुपात को मात्रा मिलायर अनुमती दिने। प्लटिङ को जग्गा घ महिना भन्दा बढी खाली राख्न नपाउने की निर्माण गर्नू पर्ने की त उब्जनी गर्नू पर्ने।
७.
हरेक वडा ले ५ लाख सम्म को लघु उद्धम लोन को जमानत बस्नु पर्ने ।
८.
वडा ले आफ्नो गाउँ घर मै उत्पादन गर्न सकिने बस्तु लाई हेरि सिमाना मा आयातित बस्तु को प्रयोग निरुत्साहित गर्नु पर्ने
९.
उब्जनी मा केमिकल पेस्टी साईड को साटो रैथाने बिशादी को प्रयोग गराउनु पर्ने, गर्नै पर्ने भय मा सम्बन्धित निकाय को अनुमती लिगि मात्र गर्नु पर्ने ।
१०.
वडा ले हरित कर न्चभभल त्बह लगाएर त्यो पैसा रुख रोप्ने, फुल हरु रोप्ने, पार्क बनाउने, नदि, खोल्सा को छेउ छाउ मा फिल्टर राखेर पानी सफा गर्ने, ग्राउन्ड वाटर रिचार्ज गर्ने आदी.
११.
वडा ले उत्पादन मुलक सहकारी को अवधारणा मा काम गर्ने र हरेक उत्पादन छेत्र को सेक्टोरल सहकारी स्थापना गर्ने । जस्तै वडा को सन्लग्नता मा आलु सहकारि, बियु बिजन सहकारि, जडी बुटी सहकारि, बचत तथा रिण सहकारी आदी सन्चालन गर्ने ।
१२.
हरेक वडा ले कमसेकम एक निर्यात योग्य बस्तु उत्पादन गर्नू पर्ने।
१३.
हरेक वडा मा शिप बिकास र उध्यमी तालिम अनिवार्य रुप मा हुनै पर्ने।
१४.
स्थानिय निकाय को बस्तु स्थिती हेरि सोही अनुरुपको पाठ्यक्रम बनाई लागू गर्ने गराउने, ! शिक्षक, शिक्षका लाई आवश्यकता अनुसार तालिम उपलब्ध गराउन कोअर्डिनेट गर्ने !!
धन्यवाद !!
नेपाल का कुनै पनी वडा हरु लाई रोजगारी सृजना र उध्यमशीलता मा सल्लाह, सुझाब चाहिय स्वयंक सेवक को रुप मा योगदान गर्न समुण देस प्रेमी, दक्ष जन्सक्ती, तयार हुनु पर्दछ । माथी का बुदाहरुलाई आधार बनाइ आवश्यक एक्सन प्लान सहित हामी मैदान मा आउनु नै प्रत्यक स्थानिय सरकारको आजको आवस्यकता हो ।
क्याटेगोरी : विचार / ब्लग, समाचार
प्रतिक्रिया दिनुहोस