Techie IT
गृहपृष्ठअर्थतन्त्रसेयर बजारले २१ सय नाघ्यो, १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सेयर बजारले २१ सय नाघ्यो, १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो


सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । बुधबार राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गर्ने चर्चासँगै लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा यस दिन बजार ६४.७८ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २१२५ अंकमा कायम भएको छ ।

परिसूचक बढ्दा कारोबार रकम समेत बढेको छ । दिनभर कुल ३ अर्ब ५० करोडको कारोबार भयो । यसअघि हिजो मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । कुल २०७ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका लघुवित्त, साल्ट ट्रेडिङ, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।

हिमालयन डिस्टिलरी, सानिमा माइ हाइड्रोपावर, नेपाल टेलिकम, नेपाल पुनर्बीमा र हिमाल दोलखा हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे । उपसमूहगत रुपमा हेर्दा सबै बढेका छन् । बैंकिङ १७, विकास बैंक १६१, फाइनान्स ६८, होटल तथा पर्यटन ५३, जलविद्युत् ९५, लगानी ३, जीवन बीमा १४४, उत्पादन २७९, माइक्रोफाइनान्स २६५, निर्जीवन बीमा २८९, अन्य ५६ र ब्यापार उपसमूह २०३ अंक बढे ।


क्याटेगोरी : अर्थतन्त्र, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस