Techie IT
गृहपृष्ठअर्थतन्त्रकफि खेती गर्ने महिलाहरूलाई दास स्मृति प्रतिस्ठानको सहयोग

कफि खेती गर्ने महिलाहरूलाई दास स्मृति प्रतिस्ठानको सहयोग


ककनी गाउँपालिकाका कफि खेती गर्ने महिलाहरु लाई दास स्मृति प्रतिस्ठानको तर्फ बाट युवा नेता तथा समाजसेवी पुर्णलाल श्रेष्ठले १ लाख सहयोग गर्नु भएको छ ।
साकानो तोच्यु कम्पनी लिमिटेड जापान तथा हिमालयन लक्जरी बिन्स प्रा लि नेपाल द्वारा प्रशिक्षण दिइएको एक दिने कफि खेती तालिममा सहभागी महिलाहरु लाई बीउ खरिदको लागि श्रेष्ठले सहयोग गर्नुभएको हो । सहयोग गर्दै श्रेष्ठले महिलाहरुले सहयोग पाएमा उद्यम गरेर व्यवसायिक बन्न सक्ने बताउनुभयो ।


उहाले ककनिमा व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी समुदायमा कुन व्यवसाय उपयुक्त छन् ती उपयुुक्त ब्यवसाय गर्न इच्छुक हरुलाइ जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । कार्यक्रम ल्याह्सो फ्याफुल्ला सामाजीक उधमी महिला सहकारी सस्थाले आयोजना गरेको थियो ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस