Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको बिदुर नगरपालिकालाई भगिनि सम्बन्ध बनाउन उत्सुक छु ःमेयर शाक्य

नुवाकोटको बिदुर नगरपालिकालाई भगिनि सम्बन्ध बनाउन उत्सुक छु ःमेयर शाक्य


काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शक्यले काठमाडौ र नुवाकोटको बिदुर नगरपालिकालाई भगिनि सम्बन्ध बनाउन आफु उत्सुक रहेको बताए ।
नेपालको बिभिन्न स्थानमा बिराजमान जिबित कुमारी पुजा कार्यक्रम अन्र्तगत नुवाकोटमा बिराजमान जिबित कुमारी पुजा गर्ने कार्यक्रममा उनले सम्पदाहरु लाई पर्यटन संग जोडे मात्र त्यसको संरक्षण हुने बताउदै अरुको नक्कल गर्दा सस्कृति, पर्यटनको जगेर्ना गर्न नसकिने बताए ।
कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ महानगरपालिका वडा नं १२ ले गरेको हो । ह्युमत महिला समुह काठमाडौे महानगरपालिकाले विभिन्न स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुहका अध्यक्ष मचानानी महर्जनले बताए ।
समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरु रहेको स्थानमानै हजारौ भक्तजनहरुका साथ २०७० साल देखी पुजा सूरु गरेको बताएको छ । यो समुहले २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो ।
समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरी आज नुवाकोटमा रहेको जिवित देवी कुमारीको पुजा गरेको हो ।
पुजाका लागी काठमाडौ बाट झन्डै ७ शय जना भक्तजनहरु नुवाकोट आएका थिए । नेपालमा नुवाकोटमा रहेको नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवि कुमारीको रुपमा पुँजिदै आएको बताईएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस