१ शय ५० समिति सदस्यलाई एकमुष्ट सपथ ग्रहण
नुवाकोटको शिवपुरी गाउपालिका र लिखु गाउँपालिकाका नेकपाको संगठन कमिटी सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
आइतबार लिखु गाउँपालिका (६ छहरे स्थित सुस्वास्थ्य होटलमा एक समारोहबिच लिखु र शिवपुरी गाउँपालिकाका १ शय ५० समिति सदस्यलाई एकमुष्ट सपथ ग्रहण गरिएको हो ।
सपथ ग्रहणमा लिखु गाउपालिका कमिटीका अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिव बिबेक ढकालल सहित ७५ सदस्य, शिवपुरी गाउँपालिकाको अध्यक्ष वीरबहादुर तामाङ र सचिव दिनेश अधिकारी सहित ७५ सदस्यीय कमिटी पदाधिकारी छन । सपथ ग्रहण संघीय सांसद हितबहादुर तामाङले गराएका थिए ।
हिरानाथ खतिवडाको अध्यक्षतामा भएको सपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य बद्री मैनाली,केशव पाण्डे त्यस्तै नेकपाका प्रदेश इन्चार्ज तथा पुर्व सांसद राजेन्द्रप्रकाश लोहनी लगायतको उपस्तिथि रहेको थियो।
समारोहमा संघीय सांसद हितबहादुर तामाङले स्थानीयस्तरदेखि केन्द्रियस्तर सम्म हरेक राजनीतिक सवालमा कार्यकर्ता र नेतृत्वबर्ग बीच वादविवाद र संवादसगै मेलमिलापको अवधारणा आवश्यक रहेको बताए । उनले पार्टी फुट गराएर कम्युनिस्ट सरकारको मिसन पूरा नहुने बताएका छन् ।
नुवाकोटमा नेकपा –नेपाल कम्यूनिष्ट पार्टी )को गाउपालिका कमिटी आज सहीत ३ वटा गाउपालिकामा सम्पन्न भएको छ । यस अघि तादी गाउँपालिकाको गाउँपालिका संगठन कमिटी सदस्य सपथ ग्रहण कार्यक्रम सम्पन्न भैसकेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस