Techie IT
गृहपृष्ठसमाचारअसाहाय लाई सहयोग गर्न खाद्य बैंक स्थापना

असाहाय लाई सहयोग गर्न खाद्य बैंक स्थापना


सुनौलो बिहानी युवाक्लब बिदुर नगरपालिका वडा नम्बर ८ माझिगाउँका युवाहरुले खाद्य बैंक बिपद ब्यबस्थापन समिती गठन गरेका छन् ।
बिश्वभरी फैलीरहेको कोरोना भाईरसको कारणले भविस्यमा खाद्यान्नमा अभाव हुन सक्ने भन्दै सुनौलो बिहानी युवाक्लब बिदुर नगरपालिका वडा नम्बर ८ माझिगाउँका युवाहरुले सुनौलो बिहानी खाद्य बैंक बिपद ब्यबस्थापन समिती गठन गरेका हुन्् ।
करिब ५० घरधुरीले राहतकोषमा सहयोग रकम जम्मा गरेका छन् । कोषमा करिब १५ हजार रुपैयाँ नगद जम्मा भैसकेको सुनौलो बिहानी खाद्य बैंक तथा बिपद ब्यबस्थापन समितिका संयोजक प्रकाश नगरकोटीले बताए । पहिलो चरणमा बिपद ब्यबस्थापनमा रहेको सबै टोलटोल बाट २५ जनाको टोलिले कस्ताकस्ता ब्यक्तिहरुलाई दिने भन्ने निर्णय अनुसार बितरण गर्ने योजना बनाएको नगरकोटीको भनाई छ । उनले भने सुरुवाती चरणमा एकल महिला, अपाङ्गता, असाहय र ज्यालादारी गरेर खानेहरुलाई बितरण गर्ने योजना रहेको छ । सहभागी घरधुरिबाट चलनचल्तिको मानापाथी अनुसार रकम सहयोग गरेका छन् । बिपद ब्यबस्थापनले अहिले मात्र नभएर भबिष्यमा पर्ने जुनसुकै बिपदमा सहयोग गर्ने एउटा समुहको रुपमा काम गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस