पञ्चकन्या गाउँपालिकाद्वारा लकडाउनमा थप कडाई
नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सरकारद्वारा जारी लकडाउनलाई थप कडाई गर्ने भएको छ ।आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले कोभीड(१९ को उच्च जोखीम न्यूनीकरणका लागि थप कडाइ गर्न लागेको जनाएको छ। जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण समिति र संकट ब्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकामा थप कडाई गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताए ।
अधिकृत पुडासैनीका अनुसार गाउँपालिकाले पालीका क्षेत्रभित्र अनावश्यक हुलहुज्जत तथा जमघट गर्न नदिने निर्णय गरेको छ । निश्चित समय तोकेर आफ्नो ब्यापार व्यवसाय संचालन गर्न समेत अनुरोध गरेको छ।
गाउँपालीकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक खाद्य पसल बिहानको ६ बजेदेखि १० बजेसम्म र वेलुका ४ वजेखि ७ वजेसम्म खोल्न दिइने भनेको छ। गाउँपालिकाद्वारा जारी सुचनामा अत्यावश्यक सेवामा सेवारत कर्मचारी,पत्रकार,एम्बुलेन्स संचालन बाहेक होटल, चियापसल, रेस्टुरा, कपडा पसल, भाडापसल लगायतका अन्य व्यवसायहरु अर्को सुचना जारी नभएसम्म सन्चालन गर्न नपाइने जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस