लिखु गाउपालिका वडा नं १ को वडा कार्यालय भवनको शिलन्यास
नुवाकोटको लिखु गाउपालिका वडा नं १ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ ।
शुक्रबार जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले वडा भवनको शिलन्यास गरेका हुन् । ५९ लाख बजेट छुट्टाईएको भवनमा जिल्ला समन्वय समिती नुवाकोटको ६० प्रतिशत र लिखु गाउपालिकाको ४० प्रतिशत रकम रहेको छ । भवन १ तले रहेको छ जस्मा ३ वटा कोठा र एउटा हल बन्ने बताईएको छ ।
वडाको भवन निर्माणको लागी लिखु गाउपालिका वडा न. १ का धर्मदत्त लामिछानेले १ रोपनी (८० लाख) बराबरको जग्गा दान गरेका हुन् । लाामिछानेले भवन बनाउदा जग्गा अपुग भए अरु जग्गा दान गर्ने प्रतिबद्धता समेत ब्यक्त गररेका छन् ।
भवन शिलन्यास गर्दै समन्वय समितकिा प्रमुुख सन्तमान तामाङले वडा भवन गुणस्तरिय हुन जनप्रतिनिधिले मात्र नभई स्थानियहरुले पनि अनुगमन गर्नु पर्ने बताए । उनले फरक प्रसंगमा जनप्रतिनिधि र कर्मचारीहरुको तालमेल नमिलेको कुरा लाई ईङ्कित गर्र्दै जनप्रतिनिधि र कर्मचारी नदिको दुई किनारा रहेको बताए । उनले जनप्रतिनिधि भावनामा बगेर काम गर्ने र कर्मचारि कानुन अनुसार काम गर्ने भएकोले तालमेल नमिलेको बताए । तामाङले अब जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडी नबढे बिकल्प नरहेको बताए ।
यस्तै लिखु गाउपालिकाका प्रमुख ध्रुव श्रेष्ठले वडा नं १ संगै अब अरु वडाको पनि चाडै भवन निर्माण सुरु गर्ने बताए । यो संगै उनले लिखु गाउपालिकाको भवन पनि निर्माण भैरहेको जानकारी दिए । वडा भवन पुष १० गते सम्ममा सम्पन्न गरिने छ । शिलन्यास कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष रोजिना राई , प्रमुख कार्यकारी सुरज अर्याल , बिभिन्न वडाका वडा अध्यक्षहरु, लिखु गाउपालिकाका योजना अधिकृत राचन्द्र लामिछाने, नुवाकोट उधोग बाणिज्य संघका सदस्य लक्ष्मण लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।
लिखु गाउपालिकामा रहेको ६ वटा वडा मध्य अहिले सम्म कुनै पनि वडाले भवन वडा निर्माण गर्न सकेको छैन । वडा न. ४ बाहेक सबै वडाहरु भाडाकै घरमा बसेर सेवा प्रभाह गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस