Techie IT
गृहपृष्ठसमाचारराप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै उपत्यकामा पुस १७ गते प्रदर्शन गर्ने

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै उपत्यकामा पुस १७ गते प्रदर्शन गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापना हुनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका पक्षमा देशभर उठेका आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए ।

सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, कोरोना नियन्त्रणमा सरकार असफल रहेका कारण पनि राप्रपा सडकमा उत्रनुपरेको अध्यक्ष राणाले बताए ।

अर्का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुर्नस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए । उनले देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

कार्यक्रममा अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।भ्रष्टाचार, बेरोजगारी, धर्म परिबर्तनको बिरोध तथा सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र पुर्नस्थापनाको माग राखी काठमाडौंमा बृहत प्रदर्शन गर्नको निमित्त उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको केन्द्रीय सदस्य जनकराज पाठकले बताए ।

उपत्यकामा प्रदर्शन हुन लागेको प्रदर्शनलाई व्यापक बनाउन राप्रपाले आन्दोलन जनपरिचालन समिति बनाइ पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङलाई संयोजकको जिम्मेवारी दिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस