Techie IT
गृहपृष्ठसमाचारकरणी कसुरमा युवक पक्राउ

करणी कसुरमा युवक पक्राउ


वालिकालाई करणी कसुर गरेको अभियोगमा रसुवामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रसुवा अदालतमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
एक वालिका यहि पुस १८ गते शनिवार रसुवा जिल्ला अस्पतालको कम्पाउण्डमा एक्लै खेलिरहेको अवस्थामा नुवाकोटको किस्पाङ गाउंपालिका ५ घर भई हाल जिल्ला रसुवा गोसाइकुण्ड गापा वडा नं. ६ बस्ने बर्ष २२ को यमप्रसाद भट्टराइले नाबलिकालाई करणी कसुर गरेको कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नावालिका परिवर्तित नाम रसुवा १ को हात तानेर युवकले नजिकै रहेको आफ्नो कोठामा लगी कोठाको चुकुल लगाई करणी गरेको दावी गर्दै उनकी आमा परिवर्तित नाम रसुवा २ ले जिल्ला प्रहरी कार्यालय रसुवामा किटानी जाहेरी दिएका कारण यमप्रसाद भट्टराइलाई पक्राउ गरि हिरासतमा राखिएको रसुवा प्रहरीले जनाएको छ ।
युवकलाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी विस्तृत स्वास्थ्य परिक्षण समेतको कार्य सम्पन्न गरी उनी बिरुद्द करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी रसुवा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस