Techie IT
गृहपृष्ठसमाचारभुकम्पमा परि मृत्यु भएका मानिसहरुको सम्झनामा स्मारक पार्क

भुकम्पमा परि मृत्यु भएका मानिसहरुको सम्झनामा स्मारक पार्क


२०७२ साल बैशाख १२ र २९ गते गएको भुकम्पमा परि मृत्यु भएका मानिसहरुको सम्झनामा निर्माण गरिएको भुकम्प स्मारक उद्घाटन गरिएको छ । नुवाकोटको बिदुर नगरपालिका वडा नं २ बनदेवि मन्दिर संगै बनेको स्मारक नुवाकोट उद्योग बाणिज्य संघ तथा गोयन्मा गु्रपको सहयोगमा बनेको हो । स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारि झंकनाथ ढकाल र गोयन्का गु्रपका म्यानेजिङ डाईरेक्टर अजय गोयन्काले संयुक्त उद्घाटन गरेका थिए ।

स्मारक  उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारि ढकालले बनेको स्मारकको संरक्षण गर्नु पर्ने बताए । उनले बनाउनु मात्र ठुलोकुरा नभई भबिष्यमा हुने जोखिम लाई मध्यनजर गर्दै बलियो भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने बताएका हुन् । स्मार १० लाख बराबरको लगानिमा निर्माण भएको हो । स्मारकमा नुवाकोटमा २०७२ साल बैशाख १२ र २९ गतेको गएको भुकम्पमा परि मृयु हुने १२ शय ८ जना को नाम समावेस गरिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस