दुप्चेश्वर गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दियो १ दिन सार्वजनिक विदा
दुप्चेश्वर गाउँपालिका नुवाकोटले सोनाम ल्होछारको अवसरमा १ दिन सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाको ६८औँ गाउँकार्यपालिकाको बैठकले फागुन २ गते आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाद्धारा जारि गरिएको सूचनामा माघ ३०, फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ तर फागुन ३० गते अर्थात भोली नेपाल सरकारले नै सार्वजनिक विदा दिएको छ भने फागुन १ गते सनिवार पर्दछ ।
गाउँपालिकामा बसोवास गर्ने अधिकासं तामाङ समुदाय रहेकोले सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सार्वजनिक विदाको दिन गाउँपालिकाको कार्यलय र गाउँपालिका अन्तर्गतका सरकारी कार्यलयहरु बन्द रहने सूचनामा उल्लेख छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस