Techie IT
गृहपृष्ठसमाचारसडक स्तारोन्नतीमा भएको ढिलासुस्ती विरुद्ध स्थानीयको प्रदर्शन

सडक स्तारोन्नतीमा भएको ढिलासुस्ती विरुद्ध स्थानीयको प्रदर्शन


 

सडक स्तारोन्नतीमा भएको ढिलाई विरुद्ध नुवाकोटका स्थानीयले आन्दोलन शुरु गरेका छन् । पासाङ ल्हामु सडकको बालाजु–रानीपौवा खण्डमा भएको ढिलासुस्ती विरुद्ध स्थानीयले प्रदर्शन गरेका हुन् ।


नुवाकोट र रसुवालाई राजधानी काठमाण्डौसँग जोड्ने पासाङ्लामु सडक स्तरोन्नती गरि २ लेन बनाउने गरि ०७१ सालबाट काम सुरु भएपनि हालसम्म सडकको अवस्था उस्तै भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् । सडक स्तरोन्नतीमा लापर्बाही गरि समयमा काम सम्पन्न नगरेको स्थानियको आवाज छ । स्थानीय नागरिकहरुको सक्रियतामा पासाङल्हामु राजमार्ग कालोपत्रे दवाव अभियान गठन गरी चरणबद्ध विरोध कार्यक्रम शुरु गरिएको हो । विरोध प्रदर्शनका क्रममा स्थानीयले सडकको काम सुचारु हुने सुनिश्चितता नभएसम्म राजधानीबाट ओखरपौवा ल्याईने फोहोरका गाडि समेत चल्न नदिने बताएका छन् । सडक स्तारोन्नतीको काम तत्काल सुचारु नगरेसम्म विरोधका कार्यक्रम जारी राखिने वताईएको छ । खवरदारी र विरोध प्रदर्शनमा सहभागी स्थानीयले सात वर्ष अघिदेखि स्तरोन्नतीको नाममा भएको सडक समेत भत्काईएको भन्दै विरोध गरेका हुन् ।


सडक स्तरोन्नतीको लागि सैलुङ कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेको हो । कन्स्ट्रक्सनका अध्यक्ष शारदा अधिकारीका घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएका छन ।


त्रिशुली जलविद्युत आयोजनाको साथै नुवाकोट र रसुवा जोड्न निर्माण भएको यो सडक पछिल्लो समय जिर्ण बन्दै गएको थियो । काठमाडौंदेखि त्रिशुलीसम्मको ७० किलोमिटर लामो यो सडकखण्ड २ लेनको बनाउने गरि काम सुरु भएको हो ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस