नुवाकोटका १५ जना कोरोना मुक्त, ६५ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नुवाकोटका १५ जना कोरोना मुक्त भएका छन् ।
योसँगै जिल्लामा कोरोना मुक्त हुनेको सङ्ख्या १ हजार २ सय ४९ पुगेको छ । यस्तै पछिल्लो समय १ सय १० जनाको स्वाव परिक्षण गर्दा ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । थप भएका सङ्क्रमितमध्ये तारकेश्वर गाउँपालिकाका २६ जना, विदुर नगरपालिकाका १९ जना, वेलकोटगढी नगरपालिकाका ७ जना, किस्पाङ गाउँपालिकाका ६ जना, म्यागङ गाउँपालिकाका २ जना, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिकाका एकएक जना रहेका छन् ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १ हजार ८ सय ८० पुगेको छ । यस्तै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय २७ जना पुगेको छ । ती मध्ये विदुर नगरपालिकाका ३ सय ४० जना, वेलकोटगढी नगरपालिकाका ६२ जना, ककनी गाउँपालिकाका ३ जना, सूर्यगढी गाउँपालिकाका ११ जना, लिखु गाउँपालिकाका ३२ जना, शिवपुरीका गाउँपालिकाका ४, पञ्चकन्या गाउँपालिकाका १४ जना रहेका छन् । यस्तै दुप्चेश्वर गाउँपालिकामा १९, तादी गाउँपालिकामा २९, किस्पाङ गाउँपालिकामा ४१, म्यागङ गाउँपालिकामा १३ र तारकेश्वर गाउँपालिकामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस