Techie IT
गृहपृष्ठसमाचारसंगमचोक देखि घण्टाघर सम्मको सडक निर्माण गर्दा स्थानियवासीको विरोध

संगमचोक देखि घण्टाघर सम्मको सडक निर्माण गर्दा स्थानियवासीको विरोध


नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको संगमचोक देखि घण्टाघर सम्मको सडक निर्माण गर्दा सार्वजनिक जग्गा छोडेर निजि जग्गा च्यापेको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।

उपभोत्ता समिति मार्फत निर्माण गरिएको उक्त सडक निर्माण गर्दा सडकको दुबै नालीबाट दुबै किनारा नलिई सार्वजनिक जग्गा छोडी निजि जग्गा बढी च्यापिएको भन्दै स्थानियवासीले विरोध जनाएका हुन् ।

संगमचोकबाट बायाँपट्टीको लेनमा व्यक्तिको मात्र जग्गा चेप्ने गरेको भन्दै स्थानियवासीले विरोध गरेका हुन् ।आफुहरु मर्कामा परेको भन्दै वडामा ४ पटकसम्म मौखिक रुपमा जानकारी गराउँदा समेत आफुहरुको कुरा सुनुवाई नभएको स्थानिय हरे राम गिरीले जानकारी दिए ।

विदुर नगरपालिकाले आफ्नै अमिन ल्याई जग्गा नाप्दा अहिले निर्माण भएको सडकको किनाराबाट २ मिटर ६ इन्च दायाँपट्टी सार्वजनिक जग्गा हुँदाहुँदै बायाँपट्टि व्यक्तिको जग्गा मिचिएको पिडितहले गुनासो गरेका छन् । यसरी मर्कामा जग्गा मिचिएका घरधनीहरुमा गिता थापा, वलराम अर्याल, जानुका गिरी, समिर तामाङ, प्रेमप्रसाद रिजाल र हरेराम गिरी रहेका छन् ।

वडाबाट आफ्नो माग सम्बोधन नभएको भन्दै स्थानियले विदुर नगरपालिकाको कार्यालयमा समेत गुहारेर मेयर सञ्जु पण्डित समेत सडकको अवलोकनको लागि आएका थिए । मेयर पण्डित प्राविधिक लिएर सडक हेर्न आउँदा गुनासो सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर उनले पनि स्थानियको माग सम्बोधन गर्न नसकेको अर्का स्थानिय गिता थापाले जानकारी दिइन् । नगरपालिकाले आफ्नो माग सम्बोधन नगरेकोमा स्थानीय हरु निरन बनेका छन्

त्यस्तै सडक निर्माणको क्रममा व्यक्तिका सार्वजनिक संरचनाहरु पर्खाल, कम्पाउन्ड समेत भत्काइएको छ । भत्काइएको संरचना समेत निर्माण नगर्ने सडक निर्माणको जिम्मा पाएका ठेकेदारले बताएका छन् । पिडितहरुले जनप्रतिधिले नै मर्कामा परेको स्वीकार गरेपनि न्याय पाउन नसकेको बताएका छन् ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस