Techie IT
गृहपृष्ठसमाचारवर्ल्डलिंकको ग्राहक संख्या पाँच लाख नाघ्यो

वर्ल्डलिंकको ग्राहक संख्या पाँच लाख नाघ्यो

वल्डलिंक ईन्टरनेटले ५ लाख ग्राहाक बनाएको छ ।


नुवाकोट सहित देशभरमा ईन्टरनेट सेवादिदै आएको वल्डलिंक ईन्टरनेटले ५ लाख ग्राहाक बनाएको छ ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक संख्या पाँच लाख पुगेको हो । नेपालमा २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले आफुलाई देशमा नै ईन्टरनेटको क्षेत्रमा अब्बल रुपमा राखेको छ । बिहीवारदेखि वर्ल्डलिंक इन्टरनेट ५ लाख घरधुरीमा पुगेको हो । वर्ल्डलिंक नुवाकोटका प्रमुख ऋषि प्रसाद सुवेदीले बताए । आफुहरुले दिइरहेको सेवालाई अझ विश्वसनीय र भरपर्दो बनाउँदै थप ग्राहकमाझ जोडिदै जाने पनि उनले बताए । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको बतार्ईएको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । वर्ल्डलिङ्कले देशका दश हजार ठाउँमा पब्लिक वाई–फाई विस्तार गरेको छ । नुवाकोट मा पनि धेरै ठाँउमा यो सुविधा रहेको सुवेदीले जनाए।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस