दुई धारमा छैन एमाले ः नुवाकोट जिल्ला नेता मैनाली
नेकपा एमाले आज सम्म एकताबद्ध रहेको प्रदेससभा सदस्य बद्री मैनालीले बताए । एमाले अहिले सम्म एकता बाहिर नरहेको उनको भनाई छ । पार्टी भित्रको केही मान्छेहरु सानो झुण्डमा रहेर आफ्नो स्वार्थमा लागेकाहरु पार्टीको हित बिपरित लागरिहेका हुन् । दुई धारमा आज सम्म एमाले छैन, एक धारमा नै छ उनको भनाई छ । नेजता मैनालीले भने केही व्यक्तिहरुले तथा दुई÷चार जनाले गरेको भेलालाई भेला मानिदैन, नेकपा एमालेको आधिकारिक सस्थापन पक्षको जिल्ला लगायत प्रदेश संघको बैठक चै भइरहेको छ तर, समानान्तर कमिटी निर्माण, बैठक÷भेला भएको छैन् । जिल्लामा पनि विभिन्न स्थानिय तहहरुमा एमालेको आफ्नो गतिबिधिहरु सञ्चालन भइरहेका छन् । जिल्लाको सबै कार्यकर्ताहरु एकजुट छन् केही नेताहरुलाई चित्त नबुझेको कारण, पद र स्वार्थको लागि छुटिएका छन् । कति ठाउँबाट कार्यकर्ताहरुको गुनासो पनि आएका छन्, नआएका हैनन् एकै घर भित्र भए पछि फरक मत, बिचार राखिरहेका हुन्छन् सबै गुनासाहरु समाधान गर्न सकिदैन तर, सकेसम्म गुनासोहरु सम्बोधन गर्ने पार्टीमा सबैलाई मिलाएर लाने प्रयत्न गरिहेको मैनालीले बताए । समग्र कार्यकर्ताहरु एमालेको सुर्य चिन्ह मै जनताको बहुदलिय जनबाद मै पार्टीको बिधि पद्धतिमा र मुल धार मुल सस्थापन पक्षमा आबद्ध छन् उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #hot 100
प्रतिक्रिया दिनुहोस