प्रथम खुल्ला फुटसल प्रतियोगिता हुने : विजेतालाई ३० हजार नगद पुरस्कार

चिरञ्जीवी नेपाल, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडानम्बर १३ स्थित गाम्चा फुटबल क्लबको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा प्रथम खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । कात्तिक १७ र १८ गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ जिल्ला भित्रका क्लबहरू सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको लागि सहभागी हुन आश्विन ३१ गतेदेखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताको दर्ता समय यही कात्तिक १३ गतेसम्म रहने छ । दर्ताका लागि तीन हजार पाँच सय शुल्क लाग्ने प्रतियोगिताका संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभएको छ ।
विजेता टिमलाई ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै, रनरअप टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको आयोजक क्लबका कोषाध्यक्ष संकल्प श्रेष्ठले बताउनुभएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि-क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता गाम्चा फुटबल क्लबद्वारा आयोजना गरिने फुटसलको पहिलो संस्करण हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस