जिल्ला प्रशासन कार्यलय नुवाकोटले तीन महिनामा १ करोड ५६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन ग¥ यो
तीन महिनामा १ करोड ५६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन
जिल्ला प्रशासन कार्यलय नुवाकोटले चालु आर्थीक वर्षको तीन महिनामा १ करोड ५६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
साउन, भदौँ र असोजमा महिनामा जिल्ला पशासन मार्फत सम्पादन भएका ५ प्रकारको कार्यबाट उक्त रकम राजस्व बापत संकलन भएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोटको अनुसार राहदानी बापत १ करोड ४० लाख ७ हजार २ सय ५० रुपैयाँ राजस्व संककलन भएको छ । यस्तै संघसस्था दर्ता तथा नविकरण बापत ८७ हजार ३० रुपैयाँ, परीक्षा शुल्क बापत १ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना बापत ६८ हजार रुपैयाँ र हतियार नविकरण बापत ३ हजार ७ सय ५० रुपैयाँ गरी १ करोड ५६ लाख ७ हजार ३० रुपैयाँ राजस्व संकलन भएको बताइएको छ ।
जिल्ला पशासन कार्यलयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाख देखि असार मसान्त समम २ हजार ६ सय ४७ जनलाई नयाँ नागरिकता वितरण, १ हजार ८ सय १७ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । उक्त अवधीमा राहदानी द्रुत सिफारिस ८ सय ७९ जनाको, १ हजार ९ सय ६४ जनाको साधारण राहदानी फारम संकलन र १ हजार २ सय २५ लाई राहहदानी वितरण गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #hot 100
प्रतिक्रिया दिनुहोस