१७ मतान्तर सहित नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को सभापतीमा तामाङ विजयी ।
सत्र मतको मतान्तर सहित नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को सभापतीमा तामाङ विजयी ।
नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा जगतबहादुर तामाङ विजयी हुनुभएको छ ।
सोमवार सम्पन्न निर्वाचनको मत गणना वुधवार राती सकिएको थियो । अन्तिम मत परिणाम अनुसार तामाङले १७ मत वढी प्राप्त गरेर सभापतीमा विजयी हुनुभएको हो । तामाङले ३ सय ७९ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिष्पर्धी मछिन्द्र नरसिंह प्याकुरेलले ३ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै क्षेत्रिय सचिवहरुमा ध्रुवप्रसाद ढकाल र नवराज पाण्डे विजयी भएका छन् । ढकालले ४ सय २६ र पाण्डेले ३ सय ६३ मत प्राप्त गरेका थिए । क्षेत्रिय सचिवको उम्मेद्धारहरु उत्तम लामा सागरले ३ सय ४९ र राजकुमार आचार्यले ३ सय १४ मत प्राप्त गरेका थिए ।
यस्तै क्षेत्रिय सहसचिवमा केदारप्रसाद रिमाल ४ सय ३५ र गोविन्द्रबहादुर तिवारी ३ सय ८८ मत सहित विजयी भएका छन् । क्षेत्रिय सहसचिवको उम्मेदवारहरु नहकुल पाण्डेले ३ सय २३ र प्रेमलाल श्रेष्ठले ३ सय १२ मत प्राप्त गरेका थिए ।
सोमवार सम्पन्न निर्वाचनबाट २५ जना केन्द्रीय महाधिवेसन प्रतिनिधि छनौट गरिएको छ । जस अन्तर्गत नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रत्यक्ष प्रदेश सभा (क) बाट १ सय ९५ मत सहित गीता पाठक र (ख) बाट २ सय २२ मत सहित चन्द्रावती ओझा महिला सदस्यमा विजयी भएका छन् । त्यस्तै प्रत्यक्ष प्रदेश सभा (क) बाट १ सय ८१ मत सहित दुर्गाप्रसाद लोहोनी, १ सय ९५ मत सहित रुपेश पुडासैनी, (ख) बाट २ सय ३२ मत सहित जितेन तामाङ लामा र २ सय २७ मत सहित भोटु तामाङ खुल्ला सदस्यमा विजयी भएका छन् ।
नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेसन नुवाकोट क्षेत्र नम्बर २ बाट ६ सय ६७ मत सहित गीता अमात्य, ३ सय ६० मत सहित रुक्मणी सेढाई, ३ सय ९८ मत सहित शान्ति लामा र ३ सय ८२ महत सहित सुनमाया तामाङ प्रत्यक्ष महिला प्रतिनिधिमा विजयी भएका छन् ।
यस्तै खस आर्य महिलाबाट पवित्रा पुडासैनी भट्ट ३ सय ८०, सरिता अधिकारी ३ सय ९५, खस आर्य पुरुषबाट श्याराज पाण्डे ३ सय ८०, श्रीप्रसाद सापकोटा ३ सय ८६ मत सहित महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । आदिवासी जनजाती महिला तर्फबाट विन्दा थापा मगर ३ सय ९८, लालीमाया तामाङ ४ सय ५, आदिवासी जनजाती पुरुष तर्फबाट दिपक लामा ३ सय ८५, गरबहादुर तामाङ ३ सय ५१ र प्रकाश राई ३ सय ५४ मत सहित महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् ।
नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को क्षेत्रिय निर्वाचनको अन्तिम मत परिणाम अनुसार दलित तर्फबाट ३ सय ८६ मत सहित देवकुमारी विक, मदेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका सदस्यबाट ३ सय ७७ मत सहित कृष्णमान घले, प्रत्यक्ष महिलाबाट ३ सय ८३ मत सहित सुन्तली सार्की, प्रत्यक्ष खुल्ला सदस्यमा ३ सय ९० मत सहित डुब्दोर्जे तामाङ, ३ सय ६८ मत सहित रामजीबहादुर श्रेष्ठ, ३ सय ७६ मत सहित सूर्यबहादुर तामाङ महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् ।
यस्तै खस आर्य महिलाबाट ४ सय ३ मत सहित कमला रिमाल, खस आर्य पुरुषबाट ४ सय २१ मत सहित जनक अधिकारी निर्वाचित भएका छन् । प्रत्यक्ष खुल्ला तफबाट महाधिवेसन प्रतिनिधिमा उम्मेदवार दिएका मध्ये चोकराज शाक्य ४ सय ३१, जगदीश्वर नरसिंह केसी ४ सय २३, जयराम दाहाल ३ सय ७०, धनसिंह तामाङ ३ सय ७२, ध्रुवप्रसाद अधिकारी ४ सय २४, फैसिङ तामाङ ३ सय ८३, वद्रिप्रसाद मुडवरी ३ सय ६१, राजन श्रेष्ठ ४ सय २, सिंहराज लामा ३ सय ६९ र हरिकृष्ण श्रेष्ठ ३ सय ६१ मत सहित केन्द्रीय महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । महाधिवेसन प्रतिनिधिमा विजयी भएका जिल्ला सभापती जगदीश्वर नरसिंह केसी र प्रकास राई बाहेक सबै पदाधिकारीहरु जगतबहादुर तामाङको प्यानलबाट उम्मेदवारी दिएकाहरु विजयी भएका छन् । जगतबहादुर तामाङलाई रामशरण महत, प्रकाशशरण महत र बहादुरसिंह लामा तामाङको पक्षबाट र मछिन्द्र नरसिंह प्याकुरेललाई अर्जुननरसिंह केसी पक्षबाट उम्मेदवार बनाइएको थियो ।
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्वर १ को मत गणना कार्य मंगलवार राती नै सकिएको थियो । साथै निर्वाचनमा विजयी भएका पदाधिकारीहरुलाई वुधवार नै प्रमाणपत्र प्रदान गरि सकिएको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतीमा धु्रव श्रेष्ठ, सचिवमा शिव गुुणी र जगदीश कुइकेल, सहसचिवमा बिरबहादुर तामाङ र ठाकुर लामिछाने विजयी भएका थिए ।
यस्तै क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुमा रोशना थापा, बिना बुढाथोकी महत, सरिता आचार्य, सिता मिजार, अच्युत प्रसाद गुरागाई, अर्जुन प्रसाद न्यौपाने, कृष्ण कुइकेल, कृष्णबहादुर लामा र डाक्टर केदार नरसिह के सी रहेका छन् ।
यस्तै निरन्जन थापा, विजय के सी, महेन्द्र थिङ, रमेशकुमार महत, शिबप्रसाद अधिकारी, भवानी देबकोटा, रामेश्वरप्रसाद भण्डारी बैकुण्ठ खनाल क्षेत्र नमबर १ बाट केन्द्रीय महाधिवेसन प्रतिनिधिमा बिजयी भएका छन् । अमृता नेपाल डंगोल, सरस्वति मल्ल श्रेष्ठ, मैया शेर्पिनी, टिका बहादुर पुलामी मगर, कुमार गुरुङ, सुर्य बहादुर तामांग कल्पना नेपाली र उपेन्द्र मिश्र केन्द्रीय महाधिवेसन प्रतिनिधिमा बिजयी भएका छन् । क्षेत्रीय सभातीमा विजयी हुनुभएका धु्रव श्रेष्ठलाई नेता द्धय महत र तामाङको समर्थन रहेको थियो भने क्षेत्री सभापतीका अर्का उम्मेदवार विषम रिमाललाई नेता केसीको समर्थन रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस