Techie IT
गृहपृष्ठसमाचारश्रीकृष्णको २४ औ साधारणसभा सम्पन्न

श्रीकृष्णको २४ औ साधारणसभा सम्पन्न


नुवाकोटको बट्टार वजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको चौविसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको विदुर नगरपालिकाका वडाध्यक्ष टलकमान श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सभा उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले सहकारीले यस क्षेत्रका सदस्यको आर्थिक बिकासमा देखाएको क्रियाशिलताको प्रशंसा गर्नुभयो । सभालाइ सम्बोधन गर्दै बिदुर नगरपालिकाका नगर शाखा प्रमुख पुष्कर शर्मा रिमालले सहकारी सन्स्थाहरुले सहकारी एन  पालना गर्नु पर्नेमा जोड दिनु भयो ।
सभामा संस्थाका अध्यक्ष वच्चुमाया सुनारीले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रगती प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८÷०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । संस्थामा हाल सम्ममा १ हजार ३ सय ९१ जनाको २ करोड ३२ लाख ३२ हजार रुपैयाँ शेयरपँुजी रहेको अध्यक्ष सुनारीको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा संस्थाका कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको छ । संस्थाले गत आव २०७७÷२०७८ मा ११ करोड १ लाख २३ हजार ७ सय ७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा लेखासमिति संयोजक राजेन्द्र तिवारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभामा संस्थाका संस्थापकहरु दिपक अधिकारी गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सम्मानित गरिएको छ । यस्तै उत्कृष्ट कारोवार गर्ने सदस्य दिपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई सम्मानित गरिएको सचिव श्रीराम नेपालले जानकारी दिनुभयो ।
सभामा सन्स्थाका सन्स्थापक अध्यक्ष बिस्णु प्रसाद नेपाल, पुर्ब अध्यक्ष हरिप्रसाद घिमिरे, नवराज अधिकारि, रामप्रसाद अधिकारि, केशब प्रसाद रिमाल, गतिशिल बहुउद्देश्यीय सहकारिका प्रतिनिधि निर्मला खड्का लगायतले मन्तब्य राख्नुभएको छ ।
यसैगरि नुवाकोटको बट्टारमा रहेको लायन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा बट्टारमा सम्पन्न भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्नुभयो । संस्थामा गत आवको अन्त्य सम्ममा सेयर पँुजी २ करोड बाईस लाख ४० हजार ६ सय रुपैयाँ, बचत १२ करोड ५८ लाख रुपैया र कर्जा लगानी ९ करोड २२ लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा जनाईएको छ । यस्तै कोषाध्यक्ष ध्रुवप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले चालु आर्थिक वर्षमा १९ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ ।
यसैगरी, शिक्षकहरुको पेशागत सहकारी नुवाकोट शैक्षिक वचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको नेपाल शिक्षक संघका वागमती प्रदेश अध्यक्ष नारन प्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभयो । संस्थाले गत आवको अन्त्य सम्ममा १ करोड २० लाख ७० हजार रुपैयाँ शेयर पुँजी, ७५ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ करोड ५२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको सहकारीका अध्यक्ष रामबहादुर थापाद्धारा प्रस्तुत प्रतिबेदनमा जनाईएको छ । यसैगरी संस्थाका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनु्सार चालु आर्थिक वर्षमा १ करोड ५० लाख शेयर पुँजी संकलन गरी २५ लाख ५० हजार रुपैया नाफा आर्जन गर्ने अनुमान सहकारीले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस