नेपाल कम्युनिष्ट पार्टी विद्यार्थी संगठनका कार्यकर्ताले सव ईन्जिनियरलाई लगाए कालोमोसो
१० जनाको टोलीले कार्यालय परिसरको शौचालय नजिकै लगि कालोमोसो र जुत्ताको माला लगाएको स्रोतले बताएको छ ।
नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनका कार्यकर्ताले सोलुखुम्बुका एक सव ईन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाई अभद्र ब्यबहार गरेका छन् । सोमबार दिउँसो शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका ईन्जिनियर पवन कुमार यादवलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका १० जनाको टोलीले कार्यालय परिसरको शौचालय नजिकै लगि कालोमोसो र जुत्ताको माला लगाएको स्रोतले बताएको छ । तत्तकालीन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयनमा हुँदा महाकुलुङ गाउँपालिका अन्त्रगतका विद्यालय भवन निर्माण गर्दा सव ईन्जिनियर द्वय पवन कुमार यादव र नविन कुमार सिंहले भ्रष्टाचार गरेकाले कारबाही गरेको जनाएको छ । महाकुलुङ गाउँपालिकाको कैलास प्राविबाट १ लाख ९० हजार, पेल्माङ माविबाट ५० हजार,, बाखोर निमाविबाट ३५ हजार, चेपेल निमाविबाट ३५ हजार, खिरौले निमाविबाट ७५ हजार र बाखोर निमाविबाट २५ हजार रकमा भ्रष्टाचार गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला संयोजक एकाराज राईले जारी गरेको विज्ञप्तीम उल्लेख छ । पटक पटक कमिसन लिएको पैसा फिर्ता गर्न अनुरोध गरेको भएपनि फिर्ता नगरेकाले सांकेतिक कारबाही गरेको जनाईएको छ । उक्त रकम फिर्ता नगरे भौतिक कारबाही गर्ने चेतावनी दिईएको छ । यस घट्नाबारेमा अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस