दुप्चेश्वरमा गनियो ७०० मत ,गाउखर्कमा माओबादी केन्द्रको अग्रता
नुवाकोट । नुवाकोटको दुप्चेश्वरमा मतदान कार्य सम्पन्न हुना साथ मतगणना सुरु भै सकेको छ ।
स्रोत को जानकारी अनुसार दुप्चेश्वरमा वडा न १ बाट मतगणना सुरु गरिएकोमा हाल २ न मा पनि मत गन्न थालिएको छ । नुवाकोटको दुप्चेश्वर वडा न १ बाट मतगणना भै ५०० मत गनिसक्दा नेपाली काङ्रेसले झिनो अग्रता लिएको थियो । ५०० मत गन्दा नेपाली काङ्रेस का अध्यक्ष पदका उम्मेद्वार पुर्ण तामाङले २५३ मत , माओवादीका सन्कर थापाले १३४ मत ल्याएका छन भने एमालेका योबिन्द्र सिह तामाङले ९५ मत ल्याएका छन । यस्तै गाउखर्कमा २०० मत गन्दा नेपाली काङ्रेस का अध्यक्ष पदका उम्मेद्वार पुर्ण तामाङले ५९ मत , माओवादीका सन्कर थापाले ११३ मत ल्याएका छन भने एमालेका योबिन्द्र सिह तामाङले २५ मत ल्याएका छन ।
यस्तै उपाध्यक्ष पदमा कांग्रेसको अन्जु आचार्यको ३०५ मत , माओबादीको माकुरी तामांगको २६० मत र एमालेको सरस्वति थापा खडकाको ९३ मत रहेको छ ।
वडा न २ मा २०० मत गन्दा वडा अध्यक्षमा माओबादीको उम्मेदवार अगाडी रहेका छन् । वडा अध्यक्ष पदमा माओबादीको उम्मेदवारलाइ ११६ मत , नेपालि कांग्रेसको उम्मेदवारलाइ ६४ मत र एमालेको उम्मेदवारलाइ १६ मत प्राप्त भएको छ ।
source :- Akaharbarpati
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस