Techie IT
गृहपृष्ठसमाचारसुन्दरादेवी सिमालगैरीमा धान दिवस मनाइयो (रिपोर्ट)

सुन्दरादेवी सिमालगैरीमा धान दिवस मनाइयो (रिपोर्ट)


  असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानको बहुआयामिक महत्वलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६१/६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भएअनुसार यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।
धान बालीमा जैवीक बिबिधताको उपयोग , आयात प्रतिस्थापनामा सहयोग भन्ने नारासहित नुवाकोटको तादि गाउपालिका वडा नं ४ सुन्दरादेवीमा पनी धान दिवस मर्नाएको छ ।
तादि गाउपालिकाको कृषि तथा पशु पन्छी शाखा र सुन्दरा बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा बिबिध कार्यक्रमहरु गरि धान दिवस मनाईएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तादि गाउपालिकाका अध्यक्ष सन्तमान तामाङले नामको मात्र कृषि प्रधान भएको देशमा बाहिरि मुलुक बाट खाधन्न मगाउनु पर्ने बाध्यता लाई न्यूनिकरण गर्न  यि र यस्ता कार्यक्रमले मद्दत गर्ने बताउनु भयो । उहाले रासायनिक मलको मात्र भर नपर्न कृषकहरु लाई अनुरोध गर्दै पाङ्गरिक मलको प्रयोग गरि धान उत्पादन गर्न कृषकहरु लाई आग्रह गर्नु भएको छ ।

यस्तै कार्यक्रममा दुप्चेश्वोर गाउपालिकाका अध्यक्ष  शंकर बहादुर थापाले किषान लाई ब्यवास्थ गर्ने र कृषकहरु लाई सम्बोधन गर्न नसक्नालेनै कृषि क्षेत्र पछि परेको बताउनु भयो । उहाले यस्ता कार्यक्रमहरु गर्दा  कृषकहरु लाई हौसला मिल्नुको साथै राज्यको ध्यानआकर्षण समेत हुने बताउनु भयो ।
कार्यक्रममा तादि गाउपालिकाका कृषि बिज्ञ रामचन्द्र देवकोटाले रैथाने बाली लाई प्रथामिकता दिनु पर्ने बताउनु भयो । उहाले खेतीमा रासायनिक मललाई न्यूनिकरण गरि गोठे मल र पाङ्गरिक मल लाई प्राथामिकता दिन कृषकहरुलाई आग्रह गर्नु भएको छ ।
सुन्दरा बहुउदेश्यि सहकारी संस्थाका अध्यक्ष परुुषोत्तम सिटौलाले हाईब्रिड बिउ लाई बिस्थापित गर¥यो भने ५० प्र,तिशत रासायनिक मलको खपत हुने बताउनु भयो । उहाले रैथाने बाली लाई संरक्षण गर्नको लागी तादि गाउपालिकामा चिस्यान केन्द्र आवश्यक रहेकाले चिस्यान केन्द्र निर्माण गर्न गाउपालिका लाई अनुरोध गर्नु भएको छ ।
धन दिवसको अबसरमा नुवाकोटको तादि गाउपालिका संगै लिखु गाउपालिका बेलकोट गढी नगरपालिका लगाएत अन्य स्थानमा पनी धान दिवस मनाईएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस