Techie IT
गृहपृष्ठसमाचारकरारका कर्मचारी हटाउँदै बिदुर नगरपलिका

करारका कर्मचारी हटाउँदै बिदुर नगरपलिका


बिदुर नगरपालिकाले नगरपालिकाभित्र करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ देखि हाजिर नगर्न उर्दी जारी गरेको छ।
असार १७ गतेको गाउँ सभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो ।

नगरपालिकाले सूचना प्रकाशित गर्दै नगरपालिका कार्यालय, वडा कार्यालय, सामाजिक सुरक्षा तथा पंजीकरण कार्यक्रम, प्र.म रोजगार, स्वास्थ्य संस्था एवंम सामी परियोजनामा कार्यरत करार कर्मचारी मध्ये हाललाई वडा कार्यालयमा करारमा कार्यरत वडा सचिव, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा तथा पंजीकरणमा कार्यरत करार कर्मचारी, सवारी चालक ( हलुका तथा हेभी) र दमकलमा कार्यरत कर्मचारी बाहेक अन्य करार कर्मचारीलाई अर्को सुचना नभएसम्म हाजीर नगराउन भनिएको छ।

यस्तै बेलकोटगढी नगरपालिकाले पनि सूचना प्रकाशित गर्दै करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot



प्रतिक्रिया दिनुहोस