Techie IT
गृहपृष्ठसमाचारआर्थिक वर्ष २०७८/ ७९ मा ८५ वटा सवारी ,दुर्घटना १४ जनाको मृत्यु

आर्थिक वर्ष २०७८/ ७९ मा ८५ वटा सवारी ,दुर्घटना १४ जनाको मृत्यु


नुवाकोटमा गत आर्थिक वर्ष २०७८/ ७९ मा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८५ वटा सवारी दुर्घटना भएको थियो । विभिन्न ८५ वटा सडक दुर्घटनामा परी १० जना पुरुष, ३ जना महिला र १ जना बालिकाको मृत्यु भएको हो । त्यस्तै सडक दुर्घटनाबाट ५२ जना गम्भिर घाइते र २ सर ३५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख गुणनिधी खकुरेलले जानकारी दिनुभएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ७० वटा सडक दुर्घटना हुदा ११ जनाको मृत्यु, २६ जना गम्भिर घाइते र ६२ जना सामान्य घाइते भएका थिए । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले १ करोड ३४ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्र्फिक नियम बिपरित सञ्चालित १६ हजार १ सय ५० सवारी साधनलाई कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो ।

४ हजार ८ सय ९४ ट्रकको कारवाहीबाट ४२ लाख ६८ हजार ५ सय रुपैयाँ, ७ सय २६ वटा बसको कारबाहीबाट ६ लाख ४६ हजार ५ सय रुपैयाँ र १ हजार ८१ वटा कार जिप भ्यानको कारबाहीबाट ९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रमुख गुणनिधी खकुरेलले जानकारी दिनुभएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ३ सय ४१ वटा ट्याक्टरको कारबाहीबाट ३ लाख २० हजार ५ सय रुपैयाँ, ८ हजार ९ सय ३९ वटा मोटरसाइकलको कारबाहीबाट ७१ लाख ७९ हजार रुपैयाँ र १ सय ७१ वटा अन्य सवारी साधनको कारबाहीबाट १ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ६ सय १४ वटा सवारी साधनको कारवाहीबाट १ करोड ४४ लाख १० हजार रपैयाँ राजस्व संकलन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस