Techie IT
गृहपृष्ठसमाचारहोटल व्यवसायी संघ नुवाकोटको अध्यक्षमा अधिकारी

होटल व्यवसायी संघ नुवाकोटको अध्यक्षमा अधिकारी


नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् ।

संघको सुक्रबार सम्पन्न दशौ साधारण सभा तथा चौथो अधिबेशनले ढकालको नेतृत्वमा सर्वसहमत रुपमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको वरिष्ट उपाध्यक्षमा गोविन्द राज न्यौपाने, उपाध्यक्षमा आरएस अधिकारी, रामशरण पौडेल र रमेश तामाङ महासचिवमा रविन्द्र चालिसे, उप–महासचिवमा रितेश सुव्वा तामाङ, सचिवमा दिपक गजुरेल र कोषाध्यक्षमा शारदा ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा धुव्र बोगटी, चन्द्र घले, सुवास घिमिरे, गोपाल तामाङ, सुरेश पौडेल, नमराज आचार्य, विनोद शेर्पा र सागर शाह,सन्तोषी रिमाल, सविता शाही, गोपालदास श्रेष्ठ, दिपक प्रसाद अधिकारी, सौगात अमात्य, राजकुमार गिरी र दिपक लामा चयन भएका छन् । संघको सल्लाहकारमा सुरेशमान तामाङ, दिपेज्द्र पौडेल, सविन राई, सविन श्रेष्ठ, सन्तोष उफ्रेती र राजकुमार आचार्य रहेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस