आइएमइ लाइफ इन्सुरेन्स नुवाकोट शाखाको आयोजनामा विद्यार्थीहरुलाई बिमा सचेतिकरण कार्यक्रम
आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाले विद्यार्थीहरुलाई लक्षित गरी बिमा सचेतिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
लिखु गाउँपालिका वडा नम्बर ४ मा अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० र बिबिएसका विद्यार्थीहरुलाई सहभागी गराई सचेतिकरण कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जनस्तरमा जीवन बिमाको महत्वको बारेमा जानकारी गराउन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड नुवाकोटका शाखा प्रमुख सिताराम पौडेलले सहजिकरण गर्नुभएको थियो । बिमाको महत्व, फाइदाको बारेमा र शैक्षिक पाठ्यक्रममा समेत उल्लेख भएको विषयलाई समेटेर उक्त कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक शुसिलकुमार खरेलले बताउनुभएको छ ।
यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र वस्तीले विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउनुपर्ने बताउनुभएको छ । कार्यक्रममा शिक्षक ÷विद्यार्थी सहित ६१ जनाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस