नुवाकोटमा महिलावादी मुद्दाको सङ्ख्या बढ्दो
नुवाकोट । न्यायमा महिलाको पहुँच बढ्दै गएपछि नुवाकोटमा महिलासम्बन्धी मुद्दाको संख्यामा पनि वृद्दि हुन थालेको पाइएको छ । महिला वादी भएको मुद्दाको संख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार इन्द क्रुमार खड्काले जानकारी दिए । महिला वादी भएको मुद्दाको संख्या बढ्न भनेको अदालतमा महिलाको पहँुच विस्तार हुनु र आफ्नो अधिकारको लागि महिलाहरू सचेत भएको अर्थमा बुझ्न सकिने श्रेस्तेदार खड्काको भनाई छ । ‘यो तथ्यांकले महिलाहरू पनि आफ्नो अधिकारको खोजी गर्न, अधिकार हनन भएको सहन नसक्ने भएका छन् । आफ्नो हक खोज्न सक्ने भएको देखाउँछ’ श्रेस्तेदार खड्काले भने ‘आफूलाई परेको पिरमर्का, अन्यायको समाधान अर्थात न्याय पाउनको लागि अदालत जान पर्न भन्ने चेतना महिला बढ्न थालेको रूपमा लिन सकिन्छ ।’
पछिल्लो आठ वर्षमा नुवाकोट जिल्ला अदालतमा महिला वादी भएको एक हजार पाँच सय९६ मद्दा दर्ता भएको छ । अदालतको तथ्यांक अनुसार आ.व.०७२÷०७३ मा एक सय ५१, आ.व.०७३÷७४ मा एक सय ६६, आ.व.०७४÷७५ मा एक सय ८३, आ.व.०७५÷७६ मा दुई सय ३५,आ.व.०७६÷७७ मा एक सय ९३, आ.व.०७७÷०७८ मा दई सय ७४, आ.व. ०७८÷०७९ मा तीन सय ३२ र चाल आ.व.को भदौ मसान्तसम्म ६२ वटा मद्दा महिला वादी भएर दर्ता भएको छ ।महिला वादी भएर गरेको मुद्दामा ६१ प्रतिशत भन्दा बढी मुद्दामा सफलता मिलेको छ र अर्थात महिलाको मागदावी अनुसारको फैसला आएर महिलाले न्याय पाएको तथ्यांकले देखाएको छ ।
अदालतमा दर्ता हुन आएका महिलासँग सम्बन्धित मुद्दाको प्रकृतिहरूमा सबैभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा धेरै रहेको श्रेस्तेदार खड्काले जानकारी दिए । श्रेस्तेदार खड्काले दिएको जानकारी अनुसार सम्बन्धविच्छेदका आठ सय १९,अंशसहितको सम्बन्ध विच्छेदको६९, अंश चलनको तीन सय ८८,मानाचामलको ६६, लिखत बदरको एक सय ३६, जालसाजीको ९१,गाली बेइज्जतीको ७, जग्गा खिचोलाको ६, नाता कायम,अपुताली हक कायम, घरेलु हिंसा आदीसँग सम्बन्धीत १४ मद्दा दर्ता भएको छ । दर्ता भएको मुद्दामध्ये एक हजार तीनसय ८६ मुद्दा फर्छौट भईसकेको छ ।आर्थिक वर्ष ०७५÷७६ यताका केही मुद्दा गत आ.व. र चाल आ.व.को गरी दई सय १० मुद्दा फर्छौट हुन बाँकी रहेको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिए ।
एक जनामात्र न्यायाधीश भएको कारण मद्दाहरूको फर्छौट हुन भने केही ढिलाई भएपछि महिला वादी भएका मुद्दाहरूलाई प्राथमिकतामा राखेर टुंगो लगाउने गरिएको जिल्ला अदालतले जनाएको छ । नुवाकोट जिल्ला अदालतमा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको समेत गरी एक हजार एक सय ६३ मद्दा रहेकोमा ६ सय ३२ थान मुद्दा फैसला भएको छ । गत आ.व.को पाँच सय ३१ थान मुद्दा जिम्मेवारी सरेर चाल आ.व.मा जिम्मेवारी सरेर आएको छ । एक जना न्यायाधीशले वर्षमा ६ सय भन्दा बढी मद्दाको अन्तिम किनारा लगाउनुलाई धेरै नै मान्नु पर्ने श्रेस्तेदार खड्काको भनाई छ । दर्ता भएका मुद्दा बाहेक न्यायाधीशले दर्ता विवाह, मृत्यको न्यायिक घोषणा, थुनछेक, श्रेस्तेदार र तहसिलदारले दिएको आदेशलाई अन्तिम रूप दिने, श्रेस्तेदारले दरपिट गरेका निवेदन पनि बेन्चमा जाने भएकोले मुद्दाको चाप धेरै रहेको उनले बताए ।
न्युन आय भएका वा वकिललाई पैसा तिरेर मद्दा लड्न नसक्नेहरूको लागि सरकारले जिल्ला अदालतमा एक जना वैतनिक अधिवक्ता र नेपाल बार एसोसिएसनको कानूनी सहायतामा कार्यरत एक जना अधिवक्ताको व्यवस्था रहेकोछ । दुवै अधिवक्ताले निशुल्क कानूनी सहजीकरण गर्ने मद्दाहरू अधिकांश महिला वादी रहेका मुद्दाहरू रहेको छ । निशुल्क कानूनी सहायताको व्यवस्था भएको कारण पनि कानून व्यवसायीलाई पैसा तिर्न नसक्ने महिलाहरू पनि अन्यायको विरुद्द अदालतसम्म आउन सहज भएको नुवाकोट जिल्ला अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष देवराज कँडेलको भनाई छ ।
यो समाचार त्रिशुली खबर प्रकाशित छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस