Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा नेकपा एमालेले टुंगो लगायो उमेदवार

नुवाकोटमा नेकपा एमालेले टुंगो लगायो उमेदवार


नेकपा एमालेले नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ ।

एमाले नेताहरुका अनुसार प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा बद्री मैनालीले टिकट पाएका छन । २०७४ सालको चुनावमा उनीक्षेत्र नम्बर १  प्रदेश ख मा विजयी भएका थिए ।

उनले बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत भएका थिय ।

यस्तै प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नम्बर २ मा नारायण खतिवडाले टिकट पाएका छन । खतिवडा निवर्तमान सांसद हुन ।

त्यस्तै नुवाकोट क्षेत्र नं २ प्रदेश  ‘क’ मा केशव पाण्डे र ‘ख’ मा विजय लोप्चनले टिकट पाएका छन । यस्तै नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्र नं २ ‘क’ मा शुशिल खड्का र ‘ख’ मा पुर्णलाल श्रेष्ठले टिकट पाएका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस